म्यासेजले लियो एक किशोरीको ज्यान, आमाबुबा सतर्क रहनुहोस् !

सामाजिक सञ्जाल सुसूचित गराउन जति फाइदाजनक छ त्यति नै यसका बेफाइदा पनि । मानिसको भित्र लुकेको प्रतिभा उजागर गर्नको लागि सामाजिक सञ्जालले सकारात्मक भूमिका पनि खेलेको पाइन्छ तर यसको गतल प्रयोगले जीन्दगीमा तनावबाहेक केही हुँदैन ।
सामाजिक सञ्जालमा हुने भिडिया कल, अडियो कल र म्यासेज गर्दा के गर्न हुने र के गर्न नहुने भन्ने जान्दाजान्दै र नजानेर आजभोलि थुप्रै युवायुवती यसको लतमा फसेका मात्र छैनन् अनेक प्रकारका घटनाहरु पनि घट्न थालेका छन् ।
यसैबीच, भारतमा केहि युवाहरुको लगातारको अश्लील म्यासेजले दिक्क भएर एक किशोरीले आत्महत्या गरेकी छिन् ।
राजस्थानकी श्री गंगानगर जिल्लामा सामाजिक सञ्जालमा आएको अश्लिल म्यासेसले दिक्क भएर एक किशोरीले आत्महत्या गरेकी हुन् । केहि युवाहरुले लगातार उनलाई अश्लिल म्यासेज पठाएका थिए । यति मात्र होइन ती युवतीको विषयमा सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने किसिमका कुराहरु पनि फैलाइएको थियो । जसबाट पीडित युवतीले आत्महत्याको बाटो रोजिन् । पुलिसले ती युवाहरुको विरुद्ध उजूरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।
पढाईमा मेधावी ति युवती गंगानगरमा बीएससी प्रथम वर्षमा अध्ययनरत थिइन् । उनी वैज्ञानिक बन्न चाहान्थिन् । उनी पढाइमा उनका केटा साथीहरुभन्दा निकै अगाडि आउथिन् ।
केहि दिन अगाडि उनी घर आएकी थिइन् । उनले आफ्ना पितालाई यसबारे जानकारी गराएकी थिइन् । उनका पिताले ती युवाहरुलाई फोन गरेर त्यसो नगर्न सम्झाएका पनि थिए । त्यसपछि ति युवाहरुले युवतीको फोन नम्बर ब्लक गरिदिएका थिए । तर उनी फर्केपछि पुनः अश्लिल म्यासेज आउन थालेको प्रहरीले पत्ता लगाएको छ ।
यस्तो परिस्थितीमा किशोरकिशोरीका आमाबुबाले आफ्ना छोराछोरीलाई साथ र हिम्मत दिनुपर्छ । यस्ता परिस्थिती सिर्जना भएको अवस्थामा हरेक युवायुवतीले आफूलाई बुझ्न सक्ने आफन्तलाई समस्या सुनाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
बेलहियामा एकीकृत भन्सार जाँच चौकी निर्माणको काम ७१ प्रतिशत सम्पन्न
-
राजदूत घिमिरे र बेलायती सभामुखबिच भेटवार्ता, संसदीय सहकार्यमा जोड
-
देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना