अमेरिकाको डिसीमा बीपी जयन्ती
अमेरिका– काँग्रेसका संस्थापक नेता स्वर्गीय बीपी कोइरालाको १०६ औ जन्मजयन्ती अमेरिकामा पनि मनाइएको छ । नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टरको आयोजनामा कोइरालाको जन्मजयन्ती मनाइएको हो ।
कार्यक्रममा काँग्रेसका नेता एव्म सांसद डा मिनेन्द्र रिजालले नेपाली राजनीतिमा स्वर्गीय कोइरालाले गरेको योगदानको चर्चा गर्दै आफू मर्न तयार भएर पनि देश जोगाउन लागि परेको स्मरण गरे ।
‘राष्ट्रियता गुम्नसक्छ भन्ने बुझेर आफूलाई फाँसी नै भए होस् तर राष्ट्रलाई जोगाउनुपर्छ भन्दै बीपी २०३३ सालमा मेलमिलापको नीति बोकेर स्वदेश फर्कनु भएको थियो’ रिजालको भनाइ थियो ।
कार्यक्रममा काँग्रेस नेत्रृ तथा सांसद सरिता प्रसाई, वरिष्ठ साहित्यकार हरी अधिकारी, प्रकाश नेपाल, मोहन निरौला, बिमला निरौला, भरत रेग्मी, किरण सिंह थापा लगायतले कविता बाचन गर्दै साहित्यकार समेत रहेका कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै
-
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल