भैरहवामा अवैध कपडासहित कार बरामद

वुटवल– सशस्त्र प्रहरीले रुपन्देहीको भैरहवामा भारतबाट नेपाल ल्याउदै गरेको अवैध कपडासहित एउटा कार बरामद गरेको छ ।
सिद्धार्थनगर नगरपालिका वडानम्बर १ डण्डा पुल नजिकै भारतबाट तस्करी गरी नेपाल ल्याउँदै गरेको १ लाख ५२ हजार रुपैयाँ बराबरको लेडिज टप्स बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ३८ गुल्म हेड क्वाटर (राजस्व भन्सार सुरक्षा) प्रमुख डीएसपी गोविन्द बहादुर खातीले जानकारी दिए ।
डीएसपी खाती नेतृत्वको भन्सार सुरक्षा गस्तीले चेकजाँचको क्रममा बा ७ च ५९५४ नम्बरको मारुती सुजुकी कारमा लुकाएर ल्याउँदै गरेको अबस्थामा १ हजार १६ पिस टप्स बरामद गरेको हो ।
यस्तै, उक्त सामान ल्याउन प्रयोग गरिएको कार पनि सशस्त्रले नियन्त्रणमा लिएको छ । कपडा र कार भैरहवा भन्सार कार्यालय चलान गरिएको सशस्त्रले जनाएको छ । कारको मूल्यांकन १२ लाख राखिएको डीएसपी खातीले जनाए ।
भारतीय बजार सुनौलीबाट बुटवल लग्दै गरेको उक्त कपडा कारको सिटमुनी र ढिक्कीमा लुकाएर ल्याइएको थियो ।
सशस्त्रले सवारी चालकलाई समेत नियन्त्रणमा लिई भन्सार कार्यालय चलान गरिएको जनाइएको छ । तस्करले प्रहरीलाई छलेर अवैध सामान नेपाल भित्र्याउँदै आएका छन् । चाडपर्व नजिकिँदै जाँदा अबैध रुपमा चोरीनिकासी गर्ने क्रम समेत बढ्न थालेको छ । चोरीनिकासी बढ्न थालेपछि सुरक्षा निकायले पनि सक्रियता बढाउन थालेका छन् ।
सशस्त्रले यसअघि मोटर पार्टस्सहित गाडी भन्सार चलान गरेको थियो । यस्तै, दिल्ली–बुटवल र दिल्ली–काठमाडौं चल्ने बसबाट पनि लाखौं रुपैयाँ बराबरको कपडा बरामद गरेको थियो । डीएसपी खातीले राजश्व चुहावट र चोरीतस्करी नियन्त्रण गर्न सशस्त्रले विशेष योजना बनाएर अघि बढेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियामा ‘मिसेस नेपाल अष्ट्रेलियामा’ हुने
-
सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने
-
संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष र शिक्षा समिति सभापतिबीच चर्काचर्की
-
देशको नीति कार्यक्रममा कर्णालीले खोजेका बुँदा
-
बुटवलमा श्रमिकलाई नगदसहित सम्मान
-
यथार्थ धरातलमा टेकेर प्रदेशले बजेट ल्याउँछ : मुख्यमन्त्री आचार्य