शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिस फारवेष्ट’को दोस्रो संस्करण सञ्चालन हुँदै

बिहीबार, २६ भदौ २०७६, १० : ४३
बिहीबार, २६ भदौ २०७६

रोयल कोल्याबोरेटिभ्स् प्रालिको आयोजनामा ‘मिस फारवेष्ट’ प्रतियोगिता हुने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर प्रालिका अध्यक्ष गजेन्द्र विक्रम शाहीले उक्त प्रतियोगिताको बारेमा जानकारी दिए ।

पर्यटन र संस्कृतिको प्रवर्द्धन र नेपाल भ्रमण वर्ष–२०२० लाई सघाउने उद्देश्यका साथ आयोजना हुन लागेको उक्त प्रतियोगितालाई चौधरी ग्रुपको उत्पादन नेपाल आइसले प्रायोजन गर्ने भएको छ ।

सुदूरपश्चिमको सबैभन्दा ठूलो र प्रतिष्ठित सौन्दर्य एवम् कला प्रतियोगिताको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ । कार्यक्रमले  सुदूरपश्चिमका पर्यटकिय क्षेत्रको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गरेर पर्टकिय गतिविधी बढाई नेपाल भ्रमण वर्ष २०२० लाई पनि सघाउने उद्देश्य लिएको अध्यक्ष शाहीले जानकारी दिए । 

मिस फारवेष्ट नेपालको दोस्रो संस्करणमा सहभागिताका लागी आवेदन फाराम वितरण सुरु भइसकेको छ । 

महेन्द्रनगर, टिकापुर, र धनगढीमा क्रमश असोज ३,४ र ५ गते हुने अडिसनबाट छनौट भएका प्रतियोगीलाई असोज ७ गतेबाट १ महिने व्यक्तित्व विकास सम्बन्धी तालिम कोरियोग्राफर जेनिशा तामाङले प्रदान गर्नेछिन् ।

अन्तिम तालिममा सहभागी गराउन अडिसनमार्फत कूल २७ जनालाई छनौट गरिनेछ । १ महिने अवधीको प्रशिक्षण पश्चात कार्तिक ६ गते यस प्रतियोगीताको समापन राष्ट्रिय स्तरका निर्णायक मण्डलको उपस्थितीमा भव्य रुपमा गरिने कार्यक्रम रहेको छ ।

यस प्रतियोगीताको निर्णायक मण्डलमा पूर्व मिस नेपाल सुगारिका केसी, मिस नेपाल आयोजक संस्था हिडन  ट्रेजरका प्रमुख गोपाल कक्षपति, नमुना कलेज अफ फेसन टेक्नोलोजीकी प्रमुख ज्ञानी शोभा तुलाधार र चलचित्र निर्माता सरोज न्यौपाने रहेका छन् । 

प्रतियोगीतामा प्रथम हुनेले एक थान स्कुटरसँगै क्राउन, दोस्रो हुनेले नगद ५० हजार र तेस्रो हुनेले २५००० प्राप्त गर्ने छन् । 

यसैगरी विभिन्न १० वटा विधामा उत्कृष्ट हुनेले गिफ्ट ह्याम्परसँगै विधागत उपाधि प्राप्त गर्नेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप