बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्जय दत्तले भने, ‘बुबाको जीवनीमा आधारित फिल्म बनाउँछु’

बिहीबार, २६ भदौ २०७६, १० : १३
बिहीबार, २६ भदौ २०७६

आफ्नो नयाँ फिल्म ‘प्रस्थानम’ को टाइटल ट्र्याक लञ्च गर्न जयपुर पुगेका सञ्जय दत्तले परिवार, अभिभावक र बलिउड साथीबारे कुराकानी गरेका छन् ।

उक्त कार्यक्रममा उनले आफ्नो बुवाको जीवनीमा फिल्म बनाउने सोचमा भएको बताए । उनले भने, ‘म मेरो बुबाको जीवनमा फिल्म बनाउने सोचमा छु, त्यसका लागि काम थाल्छु । उहाँको जीवन यात्रा एकदमै शानदार थियो, जुन पर्दामा ल्याउनु पर्छ ।’

उनले भने, ‘मेरा बाबुआमा मेरो भगवान् हुनुहुन्छ र उहाँहरुभन्दा माथि जान चाहन्नँ । उहाँ अभिनेता मात्रै होइनन्, मेरा नायक हुन् । मैले जतिपनि ठूला र हिट फिल्म बनाएपनि म उहाँहरूभन्दा तल नै बस्न रुचाउँछु । मनिषा कोइराला र ज्याकी श्रोफको कुरा गर्नुपर्दा उहाँहरुलाई म लेजेन्ड र फाइटर भन्न रुचाउँछु । ज्याकी त मेरा प्रिय हुन् ।’

उनी मन्यता दत्त, अली फजल, अमायरा दस्तुर र सत्यजित दुबेसँग शुक्रबार जयपुर पुगेका थिए ।

मान्यतासँग बहाना चल्दैनः

सञ्जयलाई कुन भुमिका फिट र आरामदायी लाग्छ भनेर सोध्दा उनले भने,‘ एक्सनमा फिट हुन्छु । एक्सन बढी सहज हुन्छ । मनोरन्जनमा एक्सन कहिल्यै मर्दैन ।’

उनले श्रीमती मान्यतासँग काम गर्ने बारेमा भने, ‘उनी कडा मेहनती हुन् । उनीसँग काम गर्ने हो भने कुनै बहाना चल्दैन ।’

यद्यपि, उनी आफैं पनि समयसँग सम्झौता गर्न नसक्ने बताएका छन् । उनका अनुसार उनी निश्चित समयमा मात्र काम गर्छन् । बिहान १०–११ देखि बेलुकी ६–७ बजेसम्म पनि काम गर्ने उनले बताएका छन

 ।

मनिषा योद्धा, राजनीति गर्ने लक्ष्य छैनः

आफू र मनीषाको उतार चढावका सम्बन्धमा उनले मनिषासँग लामो समय काम गर्दा रमाइलो भएको बताए । उनले भने, ‘हामीले धेरै फिल्महरूसँगै गरेका छौं । मनिषा एक वास्तविक योद्धा हुन् । उनी आज पनि धेरै सुन्दर छिन् ।’

उनले आफू राजनीतिमा जाने भन्ने समाचारलाई अफवाह बताए । उनले भने, ‘राजनीतिमा जाने कुनै सोच छैन ।’

म कथा सुन्छु, राम्रो लाग्यो भने मनदेखि काम गर्छु:

सञ्जय दत्त टोलीसहित जयपुर राष्ट्रिय विश्वविद्यालयका विद्यार्थीमाझ पुगेका थिए । र, उनले आफ्नो चलचित्रको ‘डाइलग’ बोलेपछि विद्यार्थीलाई उत्साहित पारेका थिए । कुलपति सन्दीप बख्शीले उनलाई स्वागत गर्दै क्याम्पसको बारेमा जानकारी गराएका थिए । विद्यार्थीले मुन्नाभाइ एमबीबीएस, खलनायक, पुलिसगिरी र वास्तव फिल्मलगायत फिल्मको भूमिकालाई मञ्चमा प्रस्तुत गरे । सञ्जय दत्तले भने, दर्शकहरु फिल्म हेरेर खुसी हुँदा हामी पनि खुसी हुन्छौं ।’

उनले आफूलाई सुपरस्टार मान्दैनन्, आफूलाई र्‍याङकिङ पनि गर्दैनन् । यसबारे उनले भने, ‘म संजय दत्त हुँ, कुनै नम्बर होइन । यस्ता कुरामा मलाई विश्वास छैन । म केवल एक अभिनेता हुँ । म एउटा कथा सुन्छु, जुन मलाई मनपर्छ त्यसमा मनदेखि काम गर्छु ।’

म ६० वर्षको बाबा भएँः

बाबा वा सञ्जु तपार्इँलाई कुन नाम मनपर्छ ? उनले भने, ‘बाल्यकालमा बुबासँग सेटमा जान्थे र सबैले मलाई बाबा आयो भनेर भन्नुहुन्थ्यो  । त्यहि बेलादेखि नै मेरो यही नाम भयो र ६० वर्ष भइसक्दा पनि मानिसहरुले मलाई मायाले बाबा नै भनेर बोलाउनुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप