शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी नेतृत्व गठबन्धन सैनिकले इराकमा खसाल्यो ४० टन बम

बिहीबार, २६ भदौ २०७६, ०७ : ५८
बिहीबार, २६ भदौ २०७६

अमेरिकी युद्ध विमानहरुले इस्लामिक स्टेट समूह९आईएस०को गढ मानिएको इराकी द्वीपमा ३६ हजार किलोग्राम (४० टन) बम खसालेको छ ।

 अमेरिकी नेतृत्व गठबन्धनले टिग्रिसको क्युनस द्वीपमा लेजर–निर्देशित ‘एफ–१५’ र एफ ३५ युद्धक विमान प्रयोग गरी बम खसालेको विदेशी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ । 

राजधानी बगदादबाट उत्तरमा पर्ने सलाहेद्दिनको मध्य प्रान्तस्थित उक्त द्वीप सन् २०१७ मा आईएसले आफ्नो कब्जामा लिएको थियो । यो समाचार कान्तिपुर दैनिकमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप