पुलसम्म पुग्न अर्को पुल
बिहीबार, २६ भदौ २०७६, ०७ : ३८
राप्ती नदीमा पुल छ तर मानिस त्यसको प्रयोग गर्दैन । बगरै बगर हिँडेर मूल बाटो पुग्न उनीहरुलाई सहज लाग्छ । बगरको बीचमा टापुजस्तै टुक्रुक्क रहेको पुलबाट न सडसम्म पुगिन्छ न त्यहाँसम्म आउजाउ गर्न नै सजिलो छ ।
अपायक हुनाले बाँकेस्थित राप्तीसोनारी गाउँपालिका–६ मा रहेको ५० मिटर लामो त्यो पुल प्रयोगमा नआएको हो । पुल प्रयोग गर्न त्यहाँसम्म पुग्न अर्को पुल चाहिने स्थानीय बताउँछन् । ०७१ असार २५ गते सुरु भइ २०७६ जेठ ३० गते सम्पन्न भएको भनिएको उक्त पुलको लागत ४ करोड १२ लाख रुपैयाँ छ । पुल निर्माण कार्य ७३ प्रतिशत मात्रै सकिएको छ ।
खोलाको बहाव परिवर्तन भएपछि पुल प्रयोगविहीन बनेको हो । यो समाचार कान्तिपुर दैनिकमा मधु शाहीले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ