बहाना–नेटै चलेनः ‘स्मार्ट’ मालपोतमा एक घण्टाको काम सक्न चार दिन

चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले ८० मालपोत कार्यालयमा अनलाइन सेवा ल्यायो । तीमध्ये प्रदेश १ का १४ मध्ये ९ जिल्ला परे । तर, ती ‘स्मार्ट’ मालपोतमा कर्मचारीले काम अड्काउन झन् बहाना पाएका छन्, ‘नेटै चलेन ।’
‘नेट नचल्ने’, ‘सर्भर बिग्रिने’ जस्ता बहानाकै कारण पहिला एकै छिनमा हुने काम सक्न चार दिनसम्म लाग्न थालेको छ ।
इलामको सूर्योदय मालुमका जीवन नेपालले मालपोतको सेवा पहिलेभन्दा ढिलोजस्तो लागेको बताए । उनका अनुसार कहिले इन्टरनेटले त कहिले विद्युत्ले काम नगरेको भन्दै कर्मचारीले ढिलाइ गर्छन् ।
रजिस्टे«सनको कामले गति लिए पनि सेवाप्रवाहमा ढिलाइ भएको सेवाग्राहीको गुनासो छ । डिजिटल रजिस्टे«सन सुरु भएपछि विगतमा एक दिनमा हुने काम तीन दिनमा बनेको चौबिसे गाउँपालिकाका सुरेन्द्र चेम्जोङले बताए । इन्टरनेट र अन्य प्रविधिको समस्या देखाएर कर्मचारीले काम अड्काएर रकम लिने गरेको सेवाग्राहीको गुनासो छ । यो समाचार अन्नपूर्ण पोस्ट्मा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा स्याउ रोप्दै विप्लव
-
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
यस्तो छ दही र योगर्टबिचको फरक
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, नेपालबाट २११ जना उडे
-
पूर्वराजालाई वामदेवको चेतावनी : ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्छ