शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटको राजपुर नगरपालिकास्थित कुडिआमा झडप, प्रहरीले गोली चलायो

बुधबार, २५ भदौ २०७६, २३ : ०२
बुधबार, २५ भदौ २०७६

रौतहट-रौतहटको राजपुर नगरपालिका ८ कुडिआमा भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । मुस्लिम समुदायको मुहरर्म पर्व मनाउन गएका युवाहरूले हिन्दुहरुले मनाउने पर्व छठको स्थानमा क्षति पुर्याएपछि बुधबार साँझ झडप भएको थियो । झडपलाई नियन्त्रणा लिन प्रहरीले ८ सेल अश्रु ग्यास सहित २९ राउन्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ। 

झडपको क्रममा करिब १ दर्जन प्रहरी घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए  । अहिले अवस्था समान्य भैसकेको समेत प्रहरीले जनाएको छ ।

प्रत्येक बर्ष त्यस ठाउँमा मुस्लिमहरुको पर्व मुहरर्म र हिन्दुहरुको पर्व झण्डी मनाउने क्रममा झडप हुँदै आएको छ । हाल सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।राजपुर नगरपालिका भारतीय सिमानासँग जोडिएकोले पनि त्यहाँको अवस्था बढी तनावग्रस्त हुने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप