रौतहटको राजपुर नगरपालिकास्थित कुडिआमा झडप, प्रहरीले गोली चलायो
बुधबार, २५ भदौ २०७६, २३ : ०२
रौतहट-रौतहटको राजपुर नगरपालिका ८ कुडिआमा भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । मुस्लिम समुदायको मुहरर्म पर्व मनाउन गएका युवाहरूले हिन्दुहरुले मनाउने पर्व छठको स्थानमा क्षति पुर्याएपछि बुधबार साँझ झडप भएको थियो । झडपलाई नियन्त्रणा लिन प्रहरीले ८ सेल अश्रु ग्यास सहित २९ राउन्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ।
झडपको क्रममा करिब १ दर्जन प्रहरी घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए । अहिले अवस्था समान्य भैसकेको समेत प्रहरीले जनाएको छ ।
प्रत्येक बर्ष त्यस ठाउँमा मुस्लिमहरुको पर्व मुहरर्म र हिन्दुहरुको पर्व झण्डी मनाउने क्रममा झडप हुँदै आएको छ । हाल सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।राजपुर नगरपालिका भारतीय सिमानासँग जोडिएकोले पनि त्यहाँको अवस्था बढी तनावग्रस्त हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण