जापानको टोकियो क्षेत्रमा विद्युत् र पानी वितरण अवरुद्ध

एजेन्सी-जापानको टोकियो नजिककैका झण्डै चार लाख २० हजार घरमा विद्युत् र पानी वितरण सेवा बन्द भएको छ । बुधबार बिहानै तुफान आएकाले बेलुकासम्म पनि विद्युत् र पानी वितरण सेवा अवरुद्ध भएको विद्युत् कम्पनीले जनाएको छ ।
छिमेकी कानाङ्वा प्रान्तमा जानीजानी विद्युत् सेवा काटेको बेला (ब्ल्याक आउट) जस्तो अनुभव भएको स्थानीयले बताएका छन् । चिबा, टोकियो र शिजुओका प्रान्तमा गर्मी बढेर औसतमा ३० डिग्री सेल्सियस पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
त्यस क्षेत्रका २४ हजार ९०० घरहरुमा स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजेसम्म पानी नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विद्युत् सेवा नभएको बेला लु लागेर दुई जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार मृत्यु हुनेमा ९३ वर्षीय एक जना महिला र ६५ वर्षीय पुरुष रहेका छन् ।
वातावरण ठीक नभएकै कारणले उनीहरुको मृत्यु भएको हुनसक्ने धेरैको भनाइ छ । वृद्ध पुरुषको मृत्यु भएको बेला उनी भएको ठाउँमा ३५ डिग्री सेल्सियस तापक्रम थियो । स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रका ६२ जना अस्पतालमा भर्ना भएको जनाएको छ । विद्युत् सेवा कटौतीका कारण ३७ जनालाई मात्रै उपचार सेवा उपलब्ध गराउन सकिएको मन्त्रालयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृत खालि रहेका ठाउँमा एक हप्ताभित्रै पदपूर्ति गरिने
-
बान्तुका एकसाथ पाँच गीतका भिडियो सार्वजनिक
-
पानीजहाज बोर्ड बनाउन सांसदको माग
-
जेनेभामा परराष्ट्रमन्त्रीको सम्बोधनः नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छ
-
‘खाद्यान्नमा परनिर्भरता घटाउन बाँदर र बँदेललाई नियन्त्रण गरिनुपर्छ’
-
महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार