शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपनिर्वाचनमा काँग्रेसलाई जिताउन देउवाको आग्रह

बुधबार, २५ भदौ २०७६, २२ : २४
बुधबार, २५ भदौ २०७६

सुनसरी-नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विकासका काममा काङ्ग्रेस सदैव अग्रसर रहेकाले आउँदो उपनिर्वाचनमा आफ्नो पार्टीलाई जिताउन आग्रह गरेका छन् । 

सुनसरीको धरान उपमहानगरपालिकामा बिपी चिन्तन प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा बोल्दै सभपाति देउवाले देशभरी काङ्ग्रेसले जितेका नगर र गाउँपालिकामा विकासको लहर देखिएकाले धरानमा पनि काङ्ग्रेसले जित्नुपर्नेमा जोड दिए । 

उनले राणाशासन र पञ्चायतजस्ता एकदलीय निरङकुशताका विरुद्ध विगतमा नेपाली काङग्रेसले लडेको स्मरण गराउनुहुँदै आफ्नो पार्टी सङ्घीयता र लोकतन्त्रका पक्षमा सदैव लागिरहने र कसैसँग सम्झौता समेत नगर्ने धारणा व्यक्त गरे  । 

सभापति देउवाले जनताको बोल्न र लेख्न पाउने अधिकारलाई कहि कतैबाट कुण्ठित गर्न नहुने चर्चा गर्दै काङग्रेस सदैव स्वतन्त्रता र जनताको अधिकारका पक्षमा रहनेसमेत स्पष्ट गरे ।  

पार्टीका उपसभपाति विजयकुमार गच्छादारले पार्टीभित्र एकता कायम गरी आउँदो निर्वाचनमा काङ्ग्रेसका पक्षमा जनमत सिर्जना गर्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप