एनआरएन अभियानका लागि केन्द्रीय उपाध्यक्ष पन्तद्वारा एक करोड सहयोग
बुधबार, २५ भदौ २०७६, १९ : ५२
काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा आगामी कार्यकाल २०१९–२०२१ का अध्यक्ष पदका उम्मेद्वार कुमार पन्तले संघको अभियानलाई आगाडि बढाउनका लागि एक करोड प्रदान गरेका छन् ।
संघका अध्यक्ष भवन भट्टको आग्रह अनुसार संघको खातामा एक करोड रुपैयाँ राखिदिएको उपाध्यक्ष पन्तले जानकारी दिए ।
संस्थाले सञ्चालन गरिरहेको ठूला योजनालाई निरन्तरता दिन केहि आर्थिक कठिनाई परेकोले संस्थागत योजना र कार्यलाई जीवन्त बनाउने उद्देश्यले बिनासर्त सहयोग गरेको पन्तले बताए ।
यसअघि निवर्तमान अध्यक्ष शेष घलेले गोरखा भूकम्पका बेला राहत, उद्धार, पुनस्थापना र पुनर्वासका लागि एक करोड रुपैयाँ सहयोग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर