बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘भैरवनाथ गणमा हत्या गरेकाहरुको सत्यतथ्य पत्ता लगाउन सरकारले भाँजो हाल्यो’

बुधबार, २५ भदौ २०७६, १९ : १३
बुधबार, २५ भदौ २०७६

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सशष्त्र द्वन्द्वकालीन घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकार आफैंले नचाहेको दावी गरेका छन् । आयोगका अध्यक्ष शर्माले सो घटनाको अनुसन्धानका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन गर्न गठित आयोगका पदाधिकारी राजनीतिक दलहरुको मिलेमतोमा सिफारिस गर्नका लागि समिति गठन काम समेत सरकारबाट भएको भन्दै असन्तुष्टि जनाए ।

बुधबार काठमाडौंमा आयोजित ‘मानव अधिकारका लागि दक्षिण एसिया’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले द्धन्द्धकालीन घटनाको उत्खनन् गर्ने मानवअधिकार आयोगको प्रयासलाई समेत सरकारले अवरुद्ध पारेको स्मरण गराए ।

भैरवनाथ गणमा नेपाली सेनाले हत्या गरेकाहरुको सत्यतथ्य पत्ता लगाउने काममा मानव अधिकार आयोग लागेपनि त्यसमा सरकारले भाँजो हालेको उनको दावी छ । आयोगका अध्यक्ष शर्माले सरकारले संविधान र कानुनलाई समेत तजविजीमा राखेर मानव अधिकार हनन्को घटनालाई संरक्षण गर्ने काम गरिरहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप