शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डेङ्गु रोगको निदान र रोकथामलाई सर्बसुलभ बनाउन रेनु दाहालको आग्रह

बुधबार, २५ भदौ २०७६, १९ : ०७
बुधबार, २५ भदौ २०७६

चितवन– भरतपुर महागनरपालिकासहित चितवन र आसपासका क्षेत्रमा डेङ्गुको प्रकोप बढिरहेको बेला भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुलाई डेङ्गु रोगको निदान र रोकथाममा सहयोग गर्न आग्रह गरेकी छिन् ।

विगत एक महिनादेखि चितवनमा डेङ्गु संक्रमणका कारण बिरामीहरुको संख्या बढिरहेको छ। भरतपुर महानगरपालिकाले आफ्नो तर्फबाट यस रोगबाट बच्न विभिन्न सचेतना अभियान सञ्चालन गरिरहेको छ। भरतपुर महानगरपालिकाले जनप्रतिनिधि, नगर प्रहरी, महानगरपालिकाको स्वास्थ्य महाशाखामार्फत अन्य सरकारी तथा गैर सरकारी निकायहरु परिचालन गरेर डेङ्गुको घातक लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने कामहरु अगाडी बढाइरहेको छ।

प्रमुख दाहालले भनिन्, ‘भरतपुर महानगरपालिकाले डेङ्गु रोगको परीक्षण गर्ने किटको अभाव नहोस् भनेर भरतपुर महानगरपालिकाले आफै एक हजार र अन्य निकायहरुसँग समन्वय गरेर आवश्यक किटको व्यवस्थापन गरी  भरतपुर अस्पतालबाट बिरामीहरूलाइ निसुल्क उपचारको ब्यावस्था गरिरहेका छौँ । यसबाट यस रोगको रोकथाम र निदानमा सहयोग पुगेको महानगरको विश्वास रहेको छ।’

प्रमुख दाहालले भनिन्, ‘यो प्रकोपलाई नियन्त्रणमा ल्याउनु हामी सबैको सामुहिक दायित्व हो । यसैअनुरुप भरतपुर महानगरपालिकाले सम्पूर्ण स्वास्थ्य संस्थाहरुलाई सर्बसुलभ रुपमा डेङ्गुको उपचार गर्न आग्रह गरेको बताए। महानगरपालिकाको रोग नियन्त्रण अभियानलाई सघाउन म सम्पूर्ण  निजी अस्पतालहरुलाई समेत डेङ्गु नियन्त्रणमा सहयोग गर्न आग्रह गर्दछु।’ प्रमुख दाहालले भनिन् ।

हालसम्म चितवनमा एक हजार चार सय साठी जना डेङ्गुका संक्रमित बिरामीहरु पहिचान भएका छन भने हालसम्म एक जनाको डेङ्गु र एक जना स्क्रप्टटाइपस गरी दुई जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। 

चितवनमा डेङ्गुको परीक्षण भरतपुर अस्पतालमा निशुल्क रुपमा र अन्य निजी अस्पतालहरुमा एक हजार ५ सय  देखि दुई हजार पाँचसय रुपैँयासम्म लिने गरेका छन् । डेङ्गु परीक्षण निजी अस्पतालहरुको मनपरी शुल्क लिने गरेको गुनासाहरु महानगरमा आएको भन्दै भरतपुर महानगरपालिकाले बिपद्को बेलामा नाजायज फाइदा लिने अस्पतालहरुलाई कारबाही गर्ने भन्दै तत्काल सर्बसुलभ परीक्षणको व्यवस्था मिलाउन भरतपुर महागरपालिकाले सम्पूर्ण स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेको बताए ।

यसैबीच, भरतपुर महनगरपालिका २९ नंं वडा कार्यालय तथा सरोकारवाला विभिन्न संघ–संस्थाको आयोजनामा डेङ्गु ज्वरो सम्बन्धी सचेतना कार्यक्रम जुगेडीमा सम्पन्न भएको छ । वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा डेङ्गु ज्वरो सम्बन्धी सचेतना तथा अन्तरक्रिया गरिएको थियो ।

भरतपुर महानगरपालिका २९ नं। वडाका वडा अध्यक्ष मनबहादुर मगरको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा कविलास स्वास्थ्य चौकी, कविलास मा वि जुगेडी, ल्याण्डसिड हेल्थ केयर, नेपाल रेडक्रस सोसाइटीको पनि संस्थागत सहभागिता रहेको थियो । 

कार्यक्रममा  कविलास स्वास्थ्य चौकीका इन्चार्ज भविश्वर अधिकारीले सहजीकरण गर्नु भएको थियो । अन्तरत्रिया कार्यक्रम पछि जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षकाकर्मीसहित स्थानीयहरुको व्यापक सहभागितामा विभिन्न चेतनामूलक नारा लेखिएका प्ले कार्ड लिएर जुगेडी बजार परिक्रमा गरिएको वडासचिव बालकृष्ण थपलियाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप