शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाटा नेपालले नेपाल, इण्डिया र चाइना एक्सपो आयोजना गर्ने

बुधबार, २५ भदौ २०७६, १८ : ३७
बुधबार, २५ भदौ २०७६

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपालले नेपाल, इण्डिया र चाइना एक्सपो आयोजना गर्ने भएको छ ।

भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा आगामी २१ देखि २४ फेब्रुअरी २०२० सम्म नेपाल इण्डिया चाइना एक्सपो (नाईस) आयोजना गर्न लागेको हो ।

विश्व पर्यटन इतिहासमै पहिलो पटक तीन वटा मुलुक समावेश भई आयोजना गरिने नाईस सम्भवतः पहिलो पर्यटन मेला हुनेछ ।

जुन नेपालको पर्यटन प्रवद्र्धन तथा विकासका लागि सबैभन्दा महत्वपूर्ण निकट छिमेकी पर्यटन स्रोतबजार (चीन र भारत)बाट पर्यटन सम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवालाहरु एवम् संघ संस्थाहरुलाई एकै थलोमा आमन्त्रण गरी आपसी व्यापार प्रवद्र्धन, सम्पर्क सञ्जाल विस्तार, तथा त्रिदेशीय पर्यटनको नयाँ आयामहरु उजागर गराउन प्रेरणा प्रदान गर्ने महत्वपूर्ण मञ्च बन्ने विश्वस पाटाको छ ।

दक्षिण एशिया तथा विश्वकै दुई ठूला अर्थव्यवस्था एवम् बृहत पर्यटन स्रोतबजारहरुको बिचमा नेपालको अवस्थिति, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधता एवम् प्राकृतिक सौन्दर्यता नेपाली पर्यटन क्षेत्रको प्रवद्र्धन, विकास र विस्तारका लागि महत्वपूर्ण आधार एवम् स्रोत हुने अपेक्षा पाटाको छ ।

सन् २०१८ को तथ्याङ्क अनुसार चीनबाट वार्षिक १५० मिलियन पर्यटकले विश्व भ्रमण गर्ने गरेकोमा जम्मा ०.१ %  प्रतिशतले र २५.८५ मिलियन भारतीय आउटबाउण्ड पर्यटकहरु मध्ये ०.७५% प्रतिशतले मात्र नेपाल भ्रमण गरेका छन् । 

दुई छिमेकी मुलुकको पर्यटक आगमन हेर्दा नेपालले सम्भावना अनुरुप अपेक्षित लाभ लिन नसकेको प्रष्ट देखिन्छ । लामो समय देखि नै छिमेकी राष्ट्रहरु नेपाल भारत र चीनबीच दुईपक्षीय व्यापार विस्तार एवम् पारस्परिक सम्बन्ध रहदैँ आएको छ । 

ऐतिहासिक एक्स्पोमा २०० भन्दा बढि क्रेताहरु, १०० बिक्रेताहरु, चीन र भारतका ५० भन्दा बढि सञ्चारकर्मी, विज्ञ वक्ताहरु लगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघसंस्था, सरकारी निकाय, सञ्चारकर्मी तथा सरोकारवाला गरी १००० भन्दा बढि सहभागिहरु तथा अतिथिहरुको सहभागि हुने अपेक्षा आयोजकको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप