शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शास्त्रीय संगीत साधक जोशीले ल्याइन् ‘चुम्बक’

बुधबार, २५ भदौ २०७६, १८ : १९
बुधबार, २५ भदौ २०७६

काठमाडौं– करिब दुई दशकदेखि शास्त्रीय संगीतमा साधनारत तेजवती जोशीको नयाँ गीत ‘चुम्बक’ सार्वजनिक भएको छ । गीत डान्सिङ बिटमा तयार भएको गायिका जोशीले बताइन् ।  टेकेन्द्र नेपालीको शब्द, संगीतमा तयार भएको गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । भिडियोमा सुनील क्षेत्री र अनिसा शर्माको अभिनय देख्न सकिन्छ । 

आकर्षक भिडियो सहित सार्वजनिक गीतले दर्शकको मन जित्ने विश्वास गायिका तेजवतीको छ । ‘चुम्बक’ गायिकाको  छैटौं कोशेली हो । यसअघि उनले नेपाली र नेवारीमा गरि पाँच गीत ल्याएकी थिइन् । त्रिभुवन विश्वविद्यालयबाट म्युजिक विषय लिएर फाइन आर्टमा स्नातकोत्तर गरेकी जोशी बालकालैदेखि संगीतमा अभिरुची राख्थिन् ।

‘लैबरी सिङ्गिङस्टार’को जज समेत रहेकी जोशीको सांगीतिक रुची भने निकै पुरानो हो ।   ‘नेवारी समुदायमा भजनकृतन भइरहन्थ्यो’, उनले भनिन्, ‘बचपनदेखि नै मलाई त्यो माहोलले संगीत साधनमा प्रेरित गर्यो ।’
गाउँका सभा, डबलीमा हुने कार्यक्रममा बुवा इन्द्रबहादुर जोशी र आमा वशुमाया जोशीसँग उनले सहभागिता मात्र जनाइनन्, स्कुल पढ्दा विभिन्न कार्यक्रममा पनि भाग लिइन् । 

सानैदेखिको अभिरुचीलाई निखार्न उनले रेडियो नेपालमा स्वर परीक्षा दिइन् । सन् १९९९ मा उनले रेडियो नेपालमा स्वर परीक्षा पास गरेदेखि उनी संगीत साधनामै होमिएकी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप