शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठक: तत्काल पार्टी दर्ता प्रक्रियालाई पुरा गर्ने निर्णय

बुधबार, २५ भदौ २०७६, १८ : ०७
बुधबार, २५ भदौ २०७६

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले मंसिर १४ गते हुन गैरहेको उपनिर्वाचनका लागि यही महिनाभित्र पार्टी दर्ता प्रक्रियालाई पुरा गर्ने निर्णय गरेको छ ।

त्यसको जिम्मा पार्टीका महासचिव विष्णु पौडेललाई दिने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘संवैधानिक र कानुनी ब्यवस्थालाई आधार बनाएर निर्वाचन आयोगले गरेको सूचनाका आधारमा यहि महिनाभित्र नेकपा दर्ताका सबै प्रक्रिया पूरा गर्ने निर्णय भएको छ’ प्रवक्ता श्रेष्ठले भने ।  अर्को बैठक छिटै बस्ने र एकिकरणका काम टुङ्ग्याउने तयारी गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबार फर्केपछि पहिलो सचिवालय बैठक बसेको हो  । यसअघि भदौ ९ गते प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसेको थियो । सो बैठकले कार्यविभाजन र पार्टी अनुशासनको बिषयमा केही निर्णय गरेको थियो । जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा केही हेरफेर समेत बैठकले गरेको थियो । 

एकीकरणका काम टुङ्ग्याउनकै लागि ओली सिंगापुरबाट फर्किएपछि दुईअध्यक्षबीच पाँचपटक भेटवार्ता भएको छ ।  नेकपामा प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग,  महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद्को एकीकरण बाँकी छन् । 

ओली अस्वस्थ देखिएपछि अरु एजेण्डामा छलफल भएन
आज पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको घाँटीको पाइप निकालिएको र केही अस्वस्थ जस्तो भएपछि बैठक अरु एजेण्डामा प्रवेश नगरेको समेत बताइएको छ । बैठकमा अध्यक्ष ओली र बरिष्ठ नेता माधव नेपालबीच बोलचाल नभएको समेत बताइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप