सन्नी लियोनी भोलि नेपाल आउँदै

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनी भोलि बिहीबार नेपाल आउने भएकी छिन् । फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन् । ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले सन्नी बिहीबार नेपाल आउन लागेको जानकारी दिए ।
निर्देशक बस्नेतका अनुसार कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा आयोजना हुने प्रिमियरका लागि उनी दिनको २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिनेछिन् ।
प्रिमियरका लागि ७ः३० बजे कुमारी हल पुग्ने सन्नीले मिडिया साक्षात्कार गरेपछि ‘पासवर्ड’ फिल्म पनि हेर्ने कार्यक्रम रहेको बस्नेतको भनाइ छ ।
शनिबार भारत फर्किने तालिका सहित नेपाल आउन लागेकी सन्नीले शुक्रबार नेपालका केही स्थानमा भ्रमण समेत गर्ने बताइएको छ । फिल्म ‘पासवर्ड’को सन्नीले एक आइटम नृत्य गरेकी छन् ।
सन्नी नेपाल आउन लागेको यो पहिला पटक भने होइन । केही पहिले पनि उनी एक व्यापारिक कार्यक्रममा सहभागी हुन नेपाल आएकी थिइन् ।
पोर्न दुनियाँबाट बलिउडमा प्रवेश गरेकी सन्नीलाई नेपाली फिल्मको आइटमका लागि निर्माण युनिटले दुई करोड तिरेको बताइएको छ ।
‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।
अंकित गौतम कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिरालाल जोशी छन् । फिल्म शुक्रबारदेखि देशभर रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोक भूकम्प : क्षति विवरणसहित जिल्ला प्रशासन कार्यालयले निकाल्यो यस्तो विज्ञप्ति
-
गोर्खाली रग्बी सेभेन्स पुरूष राष्ट्रिय रग्बी आजदेखि
-
बागलुङका छ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’
-
जसपा नेपालले भूमि सम्बन्धी अध्यादेशबारे अन्तरक्रिया गर्दै
-
माओवादी अभियान : प्रचण्डसहितको टोली सप्तरीमा
-
‘होस्टेल ३’मा ‘मेरी बास्सै’का धुन्धुकारी आशिष