शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘जिग्री’ र ‘पाँडे’को नयाँ टेलिश्रृङ्खला ‘सक्किगोनि’

बुधबार, २५ भदौ २०७६, १६ : १९
बुधबार, २५ भदौ २०७६

काठमाडौं– ‘भद्रगोल’ हाँस्य टेलिश्रृंखलाबाट छुिट्टएका हाँस्य कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे) लगायतको टीमले ल्याउने नयाँ टेलिश्रृङ्खलाको नाम ‘सक्किगोनि’ राखिएको छ । 

कलाकार अर्जुन घिमिरे (पाँडे)ले लगायत टीमले सामाजिक संजाल फेसबुक मार्फत एकसाथ टेलिश्रृङ्खलाको नाम सार्वजनिक गरेका हुन् ।

मिडियाहबले निर्माण गर्दै आएको ‘भद्रगोल’बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका यो टीमले ल्याउन लागेको श्रृङ्खला ‘सक्किगोनि’ आँउदो असोज २ गते बिहीबारबाट प्रसारणमा आउँदैछ । 

जेपिटी क्रियसन मार्फत निर्माण हुने श्रृङ्खलाको लेखन तथा निर्देशन जिग्री र पाँडेकै रहनेछ । 

भद्रगोलमा प्रस्तुत गर्दै आएको थिम र पात्रहरुको कथामै श्रृङ्खला निर्माण हुने अर्जुन घिमिरेले बताए । श्रृङ्खलाको अवको यात्रामा शंकर आचार्य ‘वरिष्ठे र सिपी पुडासैनी ‘धतुरे’ पनि देखिने भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप