भारतसँगको खुला सिमाना बन्द गर्ने–नगर्ने भन्नेमा पम्फा भुसाल र देवेन्द्रराज कँडेलको जुहारी

काठमाडौं–नेपाल भारतको खुला सिमाना बन्द गर्ने कि नगर्ने भन्ने विषयमा नेकपा नेतृ पम्पा भुसाल र नेपाली काँग्रेसका नेता देवेन्द्रराज कँडेलबीच संसदीय समितिमा दोहोरी चलेको छ ।
संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा वैवाहिक अंगीकृत नागरिकताको विवादित विषयमा भएको छलफलमा पूर्वमन्त्री समेत रहेकी भुसाल र पूर्व राज्यमन्त्री रहेका कँडेलबीच दाहोरी चलेको हो ।
सांसद भुसालले विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिनका लागि समय तोक्नुभन्दा पनि नेपाल भारतको खुला सिमाना बन्द गर्नुपर्ने जिकिर गरिन् । उता काँग्रेस सांसद कँडेलले बिहे गर्नेबित्तिकै भारतीय महिनालाई नेपाली नागरिकता दिनुपर्ने र नेपाल भारत सीमा बन्द गर्दा भारत रिसाउने भएकाले सम्बन्ध नराम्रो हुने भन्दै त्यसो गर्न नहुने बताए ।
समितिकी सभापति शशी श्रेष्ठले दुई सांसदलाई नागरिताको विषयमा छलफल गर्न विषय केन्द्रीत हुने भनेपनि उनीहरुले सीमा बन्द गर्ने वा खुला गर्नेभन्ने विषयमा फरक विचार राखेका हुन् ।
यस्तो थियो दुई सांसदको दोहोरी
पम्फा भुसाल
वैवाहिक अंगीकृत नागरिकताको समय तोक्ने भन्दा पनि मेरो चासो चिन्ता भनेको नेपाल भारतको खुला सिमानामा छ । मिल्छ भने यसलाई पनि विधेयकमा राखौँ । निश्चित नाका गरौँ । भिसा शुल्क नगरेपनि परिचयपत्रको आधारमा आवतजावतको व्यवस्था गरौँ । तर खुला सिमानाको बारेमा सोच्नुपर्ने बेला भएको छ ।
किनकी हाम्रो सिमाना हरेक दिन १ मिटर हरेक महिना ५० मिटर, हरेक वर्ष किलोमिटर गरेर हामी खुम्चिएका छौँ । सीमा क्षेत्र जानुभयो भने त्यहाँका बासिन्दाले १६ सालमा महेन्द्र जाँदा यहाँ थियो सिमाना भन्थे । म कञ्चनपुर गएको बेला त्यस्तै सुनेँ । सीमा किलोमिटरेको हिसावले मिचिएको छ । फेरि त्यहाँ स्थानीय किसानले, भारतीय जनताले पनि हैन, उत्पादन बढाउँला भनेर किसान मासिकताले पनि हैन, हाम्रो सीमा मिच्ने काम त्यहाँको सशस्त्र फौजले गरेको छ । सीमा सुरक्षा बलले दशगजाको सीमास्तम्भ फाल्ने, दशगजा सार्ने, सीमा सार्ने यो समस्या जटिल समस्या हो । सीमा समस्या भनेको भारतसँग मात्र हो ।
देवेन्द्रराज कँडेल
माननीय सभापतिज्यू, अघि माननीय सदस्यज्यूले खुला सिमानाको कारणले अपराध बढेको बताउनुभयो । नेपालमा भारतको सिमानामा मात्रै हैन अन्य ठाँउका आएर पनि घटना भएका छन् । सिमानामा अपराध हुन्छ भने कुनै देशसँगको सम्बन्धलाई समाप्त पारेर जानुहुँदैन । कसरी अपराधलाई कसरी नियन्त्रण गर्ने हो त्यसमा ध्यान दिनुपर्छ ।
एउटा उदाहरण दिँउ पञ्चायतकालमा सुस्तासम्बन्धी विवाद भयो । त्यतिबेला उताबाट अपहरण गरेर ल्याउँने, सीमामा ल्याएर फिरौती मागेर छोड्ने गतिविधीलाई चाहे नेपाली होस्, चाहे भारतीय होस्, घटनालाई स्वभाविक रुपमा सरकारले नियन्त्रण गरेन भने समबन्ध बिग्रिन्छ । त्यो बेला पारीबाट पुलिस आए यताबाट फायरिङ भयो । यताबाट फायरिङ गर्नेलाई त्यो बेला ठूलो गोरखा दक्षिणबाहु तक्मा दिएको हामीले देखेका छौँ । उताको पुलिसलाई फायरिङ गर्ने अपराधीलाई तक्मा दिएर पुरस्कृत गर्ने कामले पनि त्यो सम्बन्धलाई बिगार्ने काम ग-यो ।
सीमा धेरै ठाउँमा खुला छ । नवलपरासीको खुला सिमाना नजिक जसलाई हामी वाल्मिकी आश्रम भन्छौँ, त्यहाँ पनि एसएसवीबाट सीमा मिचिएको छ त्यसमा दुईमत छैन । अब मिच्यो भन्दैमा हामीले सिमानामा काँडेतार लगाएर वा त्यसमा पर्खाल लगाउने गर्नुभन्दा पनि कुटनीतिक हिसावले त्यो समस्यालाई कसरी सुधार्ने, त्यो त हाम्रो देशका नेतृत्व वर्गको क्षमताको कुरा हो ।
के यस्तो नयाँ अवसर दिएर अरुलाई पनि आन्दोलन गर्ने अवसर हिने हो रु आन्दोलन गर क्रान्ति गर भनेर विवेद गरेर यसकिसिमका सोच आउन लागेको हो भने यो सोचले त्यहाँका स्थानीयहरुलाई मर्माहित गर्छ । त्यसले गर्दा अप्ठेरो हुन्छ । त्यसकारण सिमा बन्द गर्ने कुरालाई दिमागबाट निकाल्दिँउ, आदीकालदेखि यो चल्दै आएको छ ।
पम्फा भुसाल
अब हामीले एउटा निर्णय गर्नैपर्छ, संसारमा यस्तो कुनै पनि देश छैन । त्यत्रो ठूलो देश अमेरिकामा मेक्सिकन आए भनेर ट्रम्पले आफ्नै सरकारको प्रमुखले बजेट पास नगरेर, त्यो शब्द मलाई आउँदैन, केयौं बिलियन रकम मेक्सिकोको सिमानामा बार पार्खाल लगाउने काम गरिरहेका छन् । तर हामी एकदम खुला राखेर, दुई देशका आतंककारीको, रकम तस्करीको बारेमा छलफल गछौँ । कारण चाहिँ खुला सिमाना छ ।
अब यो खुला सिमानालाई बन्द सिमाना बनाउनु पर्छ । हाम्रोमा ३ करोड जनसंख्या छ, उनीहरुको १ अर्ब ४० करोड । हाम्रो जनसंख्या उनीहरुको तुलनामा समुन्द्रमा १ लोटा पानी हालेजस्तो छ । उनीहरुको १ प्रतिशत मात्रै जनसंख्या यता आउने हो भने के हुन्छ रु त्यसमा पनि उनीहको सीमा सुरक्षा बलले सीमा स्तम्भ भत्काउने, सार्ने, मिच्ने, अरु डुवान कटानका कुरा त भइहाले । यो पाटो चाहिँ यही विधेयकमा पर्ने हो कि अरु विधेयकमा पर्ने हो रु मेरो मत चाहिँ सिमा बन्द हुनुपर्छ ।
आवतजावतलाई चाहिँ खुला गर्नुपर्छ, भिसा सिष्टम नगरौँ परिचय पत्रको आधारमा आवत जावत चाहिँ खुला हुनुपर्छ । बरु धेरै नाका बनाउँन सकिन्छ । अहिले हामीकहाँ १ लाख नेपाली सेना छ, ५० हजार सशस्त्र प्रहरी छ । हामीले बोर्डर नजिक नजिक राखौँ । ठेक्का पट्टाको काम त अरु कसैलाई दिएपनि हुन्छ ।
देवेन्द्रराज कँडेल
जनकपुरलाई धर्मको नाममा हामीले भारतसँग जोडिरहेका छौँ । राम जनकीको बारेमा । यसकारण सीमा सिल गर्ने हो भने यो वैवाहिक अंगीकृतलाई लम्बाएर कुनै फाइदा छैन, भोलि नै हाउसमा लगेर के के गर्ने हो, विरोध गर्ने हो कि बेल घेर्ने हो कि त्यो कुरा आउला । तराईका जति पनि माननीयहरु हुनुहुन्छ यो विधेयकमा सहमत हुनुहुन्न । यसले हाम्रो सम्बन्धलाई बिगार्छ । ७ बर्ष नभनौं । उताको यता बिहे गर्नेबित्तिकै नागरिकता दिँउ, नत्र हाम्रो सम्बन्ध बिगार्छ ।
पम्फा भुसाल
मेरो भनाई कसैमाथि हस्तक्षेप हुनुहुँदैन । हाम्रो सीमा सुरक्षा गर्ने कोणबाट सीमा रक्षा हुनुपर्छ भन्ने हो । हामी जुन देशसँग खुला सिमानाको विषयमा कुरा गरिरहेका छौँ, उहाँहरुका बाँकी देशहरुसँगको सीमा बन्द अवस्थामा छन् । त्यसलाई पनि हामीले तुलना गरौँ भन्ने कुरा हो । हाम्रो देशको राष्ट्रियता अर्थात् भौगोलिक अखण्डताको रक्षा गर्न अब अहिलेको जस्तो खुला सिमानाले हुन सक्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा लखनउसँग हार्यो कोलकाता
-
आँचल बनिन् ‘मिस टिन युनाइटेड नेसन्स नेपाल’ विजेता
-
‘जनै हराएको बाहुन’को काभ्रेबाट छायांकन सुरु
-
कार्यकाल सफल रहेको दाबी गर्दै भण्डारीले सार्वजनिक गरे १८ बुँदे प्रगति विवरण
-
बैशाखमा ‘मिस एसईई इटहरी’ आयोजना हुने
-
८४ को निर्वाचनसम्म सरकार टसमस हुँदैन, राजतन्त्र फर्किँदैन – प्रधानमन्त्री ओली