शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिसेस नेपाल इन्टरनेसनलले देखाए ट्यालेन्ट

बुधबार, २५ भदौ २०७६, १४ : ४४
बुधबार, २५ भदौ २०७६

काठमाडौं– रिवन इन्टरटेनमेन्ट आयोजक रहेको विवाहित महिला सहभागी सौदर्य प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेशनल २०१९’ का ३६ सहभागीले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् ।  नयाँ वानेश्वरस्थित होटल अर्यालमा हालै आयोजित ट्यालेन्ट शोमा प्रतियोगीले अभियन, नृत्य, कविता वाचन, चित्रकला, वक्तृत्वकला जस्ता विभिन्न बिषयमा आफ्नो ट्यालेन्ट देखाएका थिए । 

ट्यालेन्ट राउण्डको विजेता अन्तिम स्पर्धाका दिन घोषणा गरिने  प्रतियोगिताका पेजेन्ट निर्देशक निशुकान्त झाले  जानकारी दिए ।

ट्यालेन्ट शोमा रंगकर्मी वीरेन्द्र हमाल, शिक्षासेवी सुदन डोटेल, म्युजिक भिडियो निर्देशक समन अधिकारी,संगीतकार सरोज प्याकुरेल र चलचित्र निर्देशक तथा नृत्य निर्देशक सावित्री खत्री निर्णायक रहेका थिए ।

प्रतियोगिताका अन्तिम स्पर्धा आगामी असोज ४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुँदैछ ।  ‘लैगिंक असमानता विरुद्धको अभियान’ मुल नारा रहेको  प्रतियोगिताको प्रतियोगिलाई पूर्व प्रधानसेनापती रुक्माङगद कट्वाल, कलाकारहरु वीरेन्द्र हमाल, सञ्चिता लुइटेल, शिक्षासेवी पूर्ण लामा, सञ्चारकर्मी विकास थपलिया, अधिवक्ता तथा कलाकार कृष्ण ढुङ्गाना, संगीतकार सरोज प्याकुरेल, साहित्यकार धिरेन्द्र पे्रमर्षी, व्यवसायी अनुप के बराललगायतबाट प्रशिक्षणको कक्षा भइरहेको छ । 

अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा हुने प्रतियोगितामा बिजेताले नेपालका तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर, स्कुटर उपहारका साथै विभिन्न अवसरहरु गिफ्टको रुपमा प्राप्त गर्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप