शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सेल्फी किंग’को छायाँकन शुरु

बुधबार, २५ भदौ २०७६, १४ : ३६
बुधबार, २५ भदौ २०७६

काठमाडौं– अभिनेता विपिन कार्कीको मुख्य अभिनय रहने फिल्म ‘सेल्फी किंग’को छायाँकन शुरु भएको छ । मंगलबारदेखि भक्तपुरबाट फिल्मको छायाँकन सुरु भएको हो ।  ‘सेल्फी किंग’को नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा फिल्मले विषयबस्तु बनाएको छ । 

दशैं अघि र दशैं पछि गरि २ सेड्युलमा छायाँकन हुने फिल्म सोलुखुम्बु, खुर्कोट, घुर्मी लगायतमा समेत छायाँकन हुनेछ । विशाल सापकोटाको निर्देशन रहने फिल्ममा विपिनको अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारी बिशेष भूमिकामा रहने छिन् । 

सुभाष थापा र दिनेश राउतले मिलेर बनाउन लागेको यो फिल्ममा विशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बी. पाण्डेको शब्द, अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको गायन रहनेछ ।  चलचित्रका सह निर्माता राजेश विसुराल र प्रवल कोइराला हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप