एकीकरणका बाँकी काम टुङ्ग्याउन नेकपाको सचिवालय बैठक बस्दै
काठमाडौँ –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार (आज) बस्दैछ । अपराह्न ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकले एकीकरणका केही काम टुङ्ग्याउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबार फर्केपछि पहिलो सचिवालय बैठक बस्न लागेको हो । यसअघि भदौ ९ गते प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसेको थियो । सो बैठकले कार्यविभाजन र पार्टी अनुशासनको बिषयमा केही निर्णय गरेको थियो । जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा केही हेरफेर समेत बैठकले गरेको थियो ।
एकीकरणका काम टुङ्ग्याउनकै लागि ओली सिंगापुरबाट फर्किएपछि दुईअध्यक्षबीच पाँचपटक भेटवार्ता भएको छ । नेकपामा प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद्को एकीकरण बाँकी छन् । आजको बैठकले महानगरका कमिटी, प्रवास र आयोगका पदाधिकारी टुङ्ग्याउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा