दक्षिण कोरियाली आणविक दूत चीन जाने
सियोल– दक्षिण कोरियाली एकजना आणविक दूत चीन भ्रमणमा जान लाग्ने भएका छन् । मङ्गलबार मात्र उत्तर कोरियाले दुईवटा साना क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएको भोलिपल्टै दक्षिण कोरियाली आणविक दूतले चीन भ्रमण गर्ने दक्षिण कोरियाली विदेश मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयका अनुसार कोरियाली प्रायः द्वीपका लागि दक्षिण कोरियाली उच्च आणविक दूत लि दु हुनले यसै हप्ता चीनको भ्रमण गर्न लागेका हुन् ।
कोरियाली द्वीपको शान्ति र सुरक्षासम्बन्धी दूत हुनले यही बिहीबार चीन भ्रमण गर्ने र चीनका उपमन्त्री लुओ चाओइसँग भेटवार्ता गर्ने बताइएको छ । संयुक्तराज्य अमेरिकासँग उत्तर कोरियाले हालैमात्र वार्ताका लागि आह्वान गरेको थियो । त्यसलगत्तै उत्तर कोरियाले मङ्गलबार मात्र समुद्री तटतर्फ छोटो दूरीका हतियार नै प्रहार गरेको समाचार आएको छ ।
दक्षिण कोरियाली विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार उक्त भेटका क्रममा द्विपक्षीय हितका विभिन्न विषयहरुका साथै कोरियाली द्वीपमा हालै विकसित परिस्थितिका बारेमा कुराकानी हुनेछ । उत्तर कोरियाका पहिलो उपविदेशमन्त्री चो सन हुईले उत्तर कोरिया अमेरिकासँग आगामी सेप्टेम्बर महिनामा वार्तामा बस्न इच्छुक रहेको जानकारी एक विज्ञप्तिमार्फत दिएका छन् ।
उत्तर कोरियाली सरकारी समाचार समितिले सोमबार सो जानकारी दिएको थियो । अमेरिकासँग वार्तामा बस्न आफूहरु इच्छुक रहेको तर वार्ताका लागि दिन भने निश्चित नभएको उनले बताएका थिए । उनी गत महिना दक्षिण कोरिया भ्रमणमा गएका थिए । त्यस क्रममा उनले संयुक्तराज्य अमेरिका उत्तर कोरियासँग कोरियाली द्वीपका विषयमा कुराकानी गर्न चाहेको बताएका थिए ।
सोही अनुसार नै दक्षिण कोरियाले पनि अमेरिकासँग बस्ने चाहना राखेको र त्यसका लागि सेप्टेम्बरको अन्त्यतिरको समय प्रस्ताव गरिएको जानकारी पनि दिएका थिए । उत्तर कोरियाले अमेरिकासँग अर्को चरणको वार्ताका लागि तथा आणविक कार्यक्रमहरुको पूर्ण रुपमा अन्त्यका लागि आफूमाथि लागेका प्रतिबन्धहरुलाई फुकुवा गर्नुपर्ने माग गर्दै आएको छ ।
तर पनि अमेरिकाले उत्तर कोरियामाथि लगाउँदै आएका प्रतिबन्धहरु फुकुवा गर्ने विषयमा भने केही बताएको छैन । अमेरिकासँग यसअघि नै भएको कुराकानी अनुसार ती प्रतिबन्धहरु फुकुवा नगर्ने हो भने वार्ताको कुनै औचित्य नै नरहने धारणा उत्तर कोरियाली नेता किम जोङ अनले राख्दै आएका छन् । अमेरिका र उत्तर कोरियाबीच तीन पटकसम्म उच्चस्तरीय वार्ता भइसकेका छन् । –सिन्ह्वा/photo:wikimapia.org
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल
-
मुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल
-
हङकङसँग पनि हार्यो नेपाल