‘चपली हाइट ३’ घोषणा, विनिताको ठाउँमा स्वस्तिमा

काठमाडौं – दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्म ‘चपली हाइट’को तेस्रो संस्करणको रुपमा ‘चपली हाइट–३’ निर्माण हुने भएको छ ।
मंगलबार साँझ राजधानीमा एक कार्यक्रमको आयोजनासहित निर्माता अर्जुन कुमारले फिल्मको घोषणा गरे । फिल्म निकेश खड्काले निर्देशन गर्न लागेका हुन् । निकेशको यस अगाडिको फिल्म ‘फाटेको जुत्ता’ हो ।
सिक्वेल फिल्म भएपनि ‘चपली हाइट ३’मा पहिलो फिल्मको आमिर गौतम मात्र दोहोरीएका छन् । अन्य सबै नयाँ कलाकारको फिल्ममा अभिनय रहने छ । चपली हाइटमा सशक्त अभिनय गर्ने अभिनेत्री बिनिता वरालको स्थानमा यो सिक्वेलमा अभिनेत्री स्वस्तिमा खड्का छानिएकी छन् ।
अर्जुन कुमार फिल्मसले केडिसी हस्पिटलको सहकार्यमा निर्माण गर्न लागेको फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, महेश त्रिपाठी, सुपुष्पा भट्ट र नव अभिनेता प्रतिक श्रेष्ठको मुख्य अभिनय रहनेछ ।
कार्यक्रममा अभिनेत्री स्वस्तिमाले कथावस्तु राम्रो लागेर फिल्मसँग जोडिएको बताइन् । ‘मेरो भूमिका शक्तिशाली लाग्यो’ उनले भनिन्, ‘ब्राण्ड बनेका सिरिजको काम निश्चियनै सुखद हुन्छ ।’
कार्यक्रममा निर्माता अर्जुन कुमारले फिल्मको फष्टलुक समेत सार्वजनिक गर्दै अन्य तीन फिल्म पनि घोषणा गरे । जसको नाम ‘फाटेको जुत्ता २’, ‘बर्मजंगको भिडियो’ र ‘खै’ रहेको जानकारी दिए ।
‘चपली हाइट ३’ आगामी चैत्रबाट प्रदर्शनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक