केन्द्रीय संस्करण

‘चपली हाइट ३’ घोषणा, विनिताको ठाउँमा स्वस्तिमा

personaccess_timeSep 11, 2019 chat_bubble_outline0

काठमाडौं – दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्म ‘चपली हाइट’को तेस्रो संस्करणको रुपमा ‘चपली हाइट–३’ निर्माण हुने भएको छ ।

मंगलबार साँझ राजधानीमा एक कार्यक्रमको आयोजनासहित  निर्माता अर्जुन कुमारले फिल्मको घोषणा गरे । फिल्म निकेश खड्काले निर्देशन गर्न लागेका हुन् । निकेशको यस अगाडिको फिल्म ‘फाटेको जुत्ता’ हो ।

सिक्वेल फिल्म भएपनि ‘चपली हाइट ३’मा पहिलो फिल्मको आमिर गौतम मात्र दोहोरीएका छन् । अन्य सबै नयाँ कलाकारको फिल्ममा अभिनय रहने छ । चपली हाइटमा सशक्त अभिनय गर्ने अभिनेत्री बिनिता वरालको स्थानमा यो सिक्वेलमा अभिनेत्री स्वस्तिमा खड्का छानिएकी छन् ।

अर्जुन कुमार फिल्मसले केडिसी हस्पिटलको सहकार्यमा निर्माण गर्न लागेको फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, महेश त्रिपाठी, सुपुष्पा भट्ट र नव अभिनेता प्रतिक श्रेष्ठको मुख्य अभिनय रहनेछ ।

कार्यक्रममा अभिनेत्री स्वस्तिमाले कथावस्तु राम्रो लागेर फिल्मसँग जोडिएको बताइन् । ‘मेरो भूमिका शक्तिशाली लाग्यो’ उनले भनिन्, ‘ब्राण्ड बनेका सिरिजको काम निश्चियनै सुखद हुन्छ ।’

कार्यक्रममा निर्माता अर्जुन कुमारले फिल्मको फष्टलुक समेत सार्वजनिक गर्दै अन्य तीन फिल्म पनि घोषणा गरे । जसको नाम ‘फाटेको जुत्ता २’, ‘बर्मजंगको भिडियो’ र ‘खै’ रहेको जानकारी दिए ।

‘चपली हाइट ३’ आगामी चैत्रबाट प्रदर्शनमा आउनेछ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...