विद्युतीय प्रविधिको प्रयोगबाट स्मार्ट सिटी बनाउँदैछौः सञ्चारमन्त्री बास्कोटा
बुधबार, २५ भदौ २०७६, १२ : ४६
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको बताएका छन् । मन्त्री बास्कोटाले विद्युतीय प्रविधिको प्रयोगबाट सरकारले स्मार्ट सिटी निर्माणको कामलाई पनि अघि बढाएको स्पष्ट पारे ।
ग्लोबल इन्टरप्राईज टेक्नोलोजी फोरुमले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सूचना प्रविधिको विकासका लागि सरकारले पूर्वाधार विकासको कामलाई योजनावद्ध ढंगले अघि बढाएको पनि स्मरण गराए ।
उनले विद्युतीय प्रविधिको प्रयोगबाट सबै स्थानीय तहमा आर्थिक कारोबारको अभिलेख राख्ने प्रविधिको विकासमा पनि सरकारले आवश्यक पहल गरिरहेको बताए । मन्त्री बास्कोटाले विज्ञान र प्रविधिको विकासबाटै मुलुकलाई समृद्ध बनाउने संकल्प सरकारले लिएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा