बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यालय हिँडेकी किशोरी १० जनाद्वारा बलात्कृत

बुधबार, २५ भदौ २०७६, ०९ : १३
बुधबार, २५ भदौ २०७६

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ सेखुवानमा कार्यालय हिँडेकी १९ वर्षीया किशोरी १० जनाद्वारा बलात्कृत भएकी छिन् । 

आइतबार भारतिय सिमासँग जोडिएको सुस्तामा कार्यालय हिँडेकी  किशोरीलाई १० जनाको समुहले अपहरण गरी सामूहिक बलात्कार गरेका थिए । सामुहिक बलात्कार गर्नेहरु मध्ये ९ जनालाई पश्चिम नवलपरासीको प्रहरीले पक्राउ गरेको छ ।  

मोटरसाईकलको पछाडि बसेर आइतबार विहान करिव ९ बजे कार्यालय जाँदै गरेकी  १९ बर्षीया किशोरीलाई मोटरसाईकल चालकले रोकेर फोन गरिरहेको बेला ती किशोरीलाई मोटरसाईकलबाट अपहरण गरि नजिकै रहेको उखुबारीमा लगेर  १० जनाको समुहले पालैपालो बलात्कार गरेको  प्रहरीले जनाएको छ ।  

बलात्कारमा संलग्न हुनेहरुमा  १९ बर्षीय अमरनाथ भेडियार , सोही उमेरका पिन्टु राजभर, २२ बर्षीय सन्दीप यादव, सोह िउमेर समुहका शिवराज राजभर, राजु भेसहर, २५ बर्षीय मनमोन, राजभर , ३२ बर्षीय सुरेन्द्र यादव , बर्ष ३७ का भीमललवा मुसहर , ४० बर्षीय नेत्र चौधरी रहेका छन् ।

 उनीहरु सबै सोही वडाका एउटै टोलवासी रहेको जनाईएको छ । पक्राउ परेका ९ जनालाई अदालतमा जवरजस्ती करणीको मुद्धा दायर गरिएको छ । 

 एक जना फरार रहेको  पश्चिम नवलपरासीका डिएसपी बीरेन्द्र थापाले जानकारी दिए । रक्ताम्मे किशोरीलाई  अस्पताल भर्ना गरिएको र अहिले उनको स्वास्थ्य अवस्था सामान्य भईसकेको  डिएसपी थापाले बताए । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप