शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

९/११ को १८ औं वर्षगाँठमा काबुलमा अमेरिकी दूतावास नजिकै रकेट आक्रमण

बुधबार, २५ भदौ २०७६, ०९ : १०
बुधबार, २५ भदौ २०७६

अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर (डब्ल्यूटीसी) मा सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमलाको १८ औं वर्षगाँठमा काबुलमा अमेरिकी दूतावास नजिकै बुधबार बिहानै बिस्फोट भएको छ ।

मध्य काबुलमा मध्य रात कटेलगत्तै धुँवाको मुस्लो देखिएको र साइरन बजेको सुनिएको फक्स न्यूजले बताएको छ । दूतावासभित्र कर्मचारीले लाउडस्पिकरमा ‘दूतावास प्राङ्गणमा रकेट बिस्फोट भएको छ’ भन्दै जानकारी दिइएको स्रोतले बताएको छ ।

अधिकारीले बिस्फोटमा कोही पनि घाइते नभएको जानकारी दिएका छन् । अहिलेसम्म कुनै पनि संगठनले उक्त हमलाको जिम्मेवारी लिएको छैन ।

यो घटना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा तालिबान नेतासँग शान्ति वार्ता रद्द गरेपछि भएको हो । वार्ता सेप्टेम्बर ८ तारिखमा क्याम्प डेविडमा हुने निश्चित गरिएको थियो । अमेरिकी राष्ट्रपतिले काबुलमा सेप्टेम्बर ५ मा भएको कार बम बिस्फोटमा अमेरिकी सैनिकसमेत १२ जनाको हत्या भएपछि यस्तो निर्णय लिएको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप