शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता

बुधबार, २५ भदौ २०७६, ०६ : ५७
बुधबार, २५ भदौ २०७६

नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अल्झाएको छ ।

 विधेयका अधिकांश विषयमा सहमति जुटाइसकेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति त्यही विषयमा अड्किएको महिनौं भइसक्यो । 

विवादित विषयमा सहमति जुटाउन बनाएको उपसमितिले समेत समस्या सुल्झाउन सकेको छैन । चैत ७ मा गठित सांसद विजय सुब्बा नेतृत्वको उपसमितिले भदौ ४ मा बुझाएको प्रतिवेदनमा उक्त विषयलाई सहमति हुन नसकेको सूचिमा राखिको छ । 

समितिको बुधबार बस्ने बैठकमा विवादित विषयमा छलफल हुने भएको छ । यो समाचार कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप