चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणः तयारी नपुग्दा उपलब्धि कमजोर

निकै चियोचर्चामाझ टुंगिएको चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा भएको पारस्पारिक सहयोगको समझदारीलाई कूटनीतिक जानकारहरुले ‘घरेलु तयारी बिनाको नतिजा’ भनेर टिप्पणी गरेका छन् ।
नेपाल र चीनका परराष्ट्रमन्त्री स्तरमा भएको उच्च संयन्त्र बैठकपछि सोमबार हस्ताक्षर भएको समझदारीपत्रमा ठूला र अपेक्षित कुनै पनि सहयोगका एजेन्डा ‘सम्बोधन’ गरिएको थिनन् । मनाङमा ३५ करोड रुपैयाँको अस्पताल खोलिदिने, पाँच हजार त्रिपाल उपलब्ध गराउने र चिनियाँ भाषा पढाउने शिक्षक आपूर्ति गर्ने समझदारीमा दुई देशका विदेशीमन्त्री साक्षी बसेर ‘हस्ताक्षर’ गराएका थिए ।
‘हामी परम्परागत रुपमै यस्ता ठूला भ्रमणका अवसरमा अलि हतारिने गर्छौं, एजेन्डामा छलफल र तयारी गर्ने अभ्यास हामीमा छैन,’ पूर्वपरारष्ट्र सचिव मदनकुमार भट्टराईले कान्तिपुरसँग भने, ‘हामीले अन्तिम घडीमा तयारी गर्दाको परिणाम यसपटक फेरी देखा परेको छ ।’ यो समाचार कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्