एकल तथा साझेदारी व्यापारमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
आफ्नै बलबुताले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले एक किसिमको उमङ्ग शरीरमा आउनेछ । विगतका कमजोरीहरूलाई सुधार गर्दै सफलताको मार्गमा पाइला चाल्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा बिलासी बस्तुको उपयोग मार्फत अरूको मन आफूनिर तान्न सकिनेछ । प्रेम प्रसङगमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । साताको अन्त अर्थात बिहीबारबाट सोख तथा बिलाशीताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ । असम्यम् व्यवहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आलस्य तथा अस्वस्थताले लक्ष्यमा विलम्ब हुनेछ ।
तुला राशि हुनेहरूका लागि सूर्य सुख भावमा, बुध ९ गतेसम्म पराक्रम भावमा र १० गतेबाट सुख भावमा, शुक्र १६ गतेसम्म विद्या भावमा र १७ गतेबाट प्रतिस्पर्धा भावमा, बृहस्पति र शनि क्रमशः कष्ट भावमा र विद्या भावमा, मङ्गल ९ गतेसम्म राज्य र १० गतेबाट भाग्य भावमा, राहु प्रतिस्पर्धा भावमा र केतु खर्च भावमा गोचर गरिहरेका छन् ।
सुख भावमा महिनाभर सूर्यको प्रभावले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । घर जग्गा तथा रियल स्टेट सम्बन्धी काम गर्ने व्यापारीहरूका लागी समय मध्यम रहेको छ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । छाती सम्बन्धी तथा श्वास प्रश्वास र मुटु सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनते गर्नुपर्नेछ । अष्टम भावमा गोचर गर्ने बृहस्पतिको प्रतिकुल प्रभावले ऋण, रोग तथा सङ्कटको सामना गर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । सन्तान वा विद्या भावमा शनिको प्रभावले अध्ययनमा उतारचढाव आउनेछ । सन्तानसँग वैचारिक मतभेद हुनेछ । पेट, जण्डिज तथा कलेजोसँग सम्बन्धीत रोगीहरूका लागी समय मध्यम रहेको छ । भाग्यमा अवरोध तथा अपरेसन बिग्रने प्रबल सम्भावना रहन्छ । शत्रुबाट पराजय र दाजुभाइबाट असहयोग रहनेछ ।
तरपनि बुध, शुक्र, राहु र केतुको अनुकूल प्रभावले शुक्रको शुभ प्रभावले घरजग्गा तथा तथा सवारी साधन प्राप्ति हुनेछ भने वंश वृद्धिको योग रहेको छ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ । भौतिक तथा बिलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । उपहार तथा चिट्ठा प्राप्तिको गतिलो योग रहेको छ । शेयर बजार, बैक तथा वित्तीय क्षेत्रबाट केही मात्रामा लाभ लिन सकिनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको उपस्थिति उत्साहजनक रहनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा सफलता प्राप्त हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) तुला राशि हुने व्याक्तिहरुका लागी वर्ष २०८१ मध्यम रहेको छ । कष्ट भावमा गोचर गर्ने बृहस्पती र खर्च भावमा केतुको प्रतिकुल प्रभावले दीर्घकालीन रोगले सताउन सक्छ ध्यान दिनुहोला । मोटोपन, कोलस्ट्रल, कलेजोका बिरामीहरूले विशेष ख्याल गर्नुपर्नेछ । अध्ययनमा समय दिन नसकिने वा बाधा हुनेछ । पुराना तथा नयाँ कामहरू बिचमा छोड्नु पर्दा आर्थिक अभाव बढ्नेछ । व्यापारमा घाटा, घरजग्गा कारोबारमा मन्दीको सामना गर्नुपर्नेछ । नोकरीमा अपजस तथा आर्थिक अपचलनको मुद्दा लाग्ने वा दुर्गम स्थानमा स्थानान्तरण हुने प्रबल सम्भावना रहेको । वर्षको अधिकांश समय मङ्गलको गोचर अशुभ रहनाले पारिवारिक समस्या आउने वा घर परिवारको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेको । सवारी साधन तथा भौतिक सम्पत्तिमा क्षति तथा घाटा लाग्नेछ ।
वर्ष भरिनै शत्रु भावमा गोचर गर्ने राहुको अनुकूल प्रभावले व्यापार बिस्तारको सवालमा देश विदेशका यात्रा हुनेछ भने अकस्मात् धन तथा सम्पत्तिमा वृद्धि हुनेछ । खर्च बढाए पनि उपलब्धिमूलक कामहरू हुनेछन् । विदेशी लगानीबाट सञ्चालित संस्था एनजिओ, आईएनजिओ, मल्टिनेसन कम्पनीमा काम पाउने प्रशस्त सम्भावना रहेको भने अफिसियल यात्रा हुनेछ । स्वदेशमा उत्पादित सामानहरूको व्यापार व्यवसाय विदेशमा निर्यात बढ्नेछ भने व्यापार बिस्तारकै सिलसिलामा लामो दुरीको समुन्द्रपारको यात्रा हुनेछ । छोटो समयमा आर्थिक उन्नति गरी जीवन स्तर उकास्न सकिनेछ ।
जेठ २२ देखी असार ३१ गतेसम्म मंगलले व्यापार भावमा रुचक नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने हुनाले खनिज पदार्थको व्यापारमा वृद्धि हुने, वैदेशीक यात्राको काम तीव्र गतिमा अगाडी बढ्ने तथा सुरक्षा क्षेत्रमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको । प्राधिकरण, आयल निगम, आईटी तथा ईन्जिनियरिङ फिल्डमा काम गर्नेहरुका लागी समयले साथ दिनेछ । स्वास्थ्य क्षेत्रको जागिर वा कामबाट मनग्गे धन सम्पत्ति कमाउन सकिनेछ । असोज २ गतेबाट असोज २६ गतेसम्म केन्द्रमा शुक्रको गोचरले आट, साहस तथा पराक्रममा वृद्धि हुनेछ । बिलासी सामानको व्यापारबाट लाभ मिल्ने तथा लामो दुरीको साङ्गीतिक यात्रा हुने प्रबल सम्भावना रहेको ।
चिना वा कुण्डलीमा बृहस्पति, शनि, मंगल र केतु कमजोर हुनेहरूले योग्य ज्योतिषको सल्लाह अनुसार ग्रहदेवताको पूजा तथा आराधना र अनुष्ठान गर्नुहोला । बृहस्पति प्रतिकुल हुनेहरूले शिवजी वा बङ्गलामुखी देवीको दर्शन तथा पूजा गर्नुपर्दछ । हनुमान चालिसाको दैनिक पाठ तथा काली भगवतीको दर्शन गर्नुहोला शनिको नकारात्मक प्रभावबाट बच्न सकिन्छ । कुतु शान्तीको लागी वटुक भैरवको पूजा वा दर्शन गर्नुहोला । आर्थिक वा सामाजिक दृष्टिकोणले साउन, भदौ, पुस र चैत महिना शुभ रहेको छ ।