बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय
सिंह
सिंह राशि मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बुधबार, २३ माघ २०८१ को राशिफल

लामो समयदेखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवन साथीको साथ पाइने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागी लामो दुरीको यात्रा हुनेछ । व्यापार वा शेयर लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । घरायसी सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाइनेछ ।

 

सोमबारसम्मको समय मध्यम रहेकोले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । आर्थिक पाटाहरू कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनीहरूसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरू तपाईँदेखि टाढिन सक्छन् । मंगलबारबाट समय राम्रो रहेकोले शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ । निर्माण सामाग्री, खाद्यान्न, पहिरन तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सामाजिक तथा कल्याणकारी काम गरी नाम कमाउन  सकिनेछ । धर्म तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लामो दुरीको धार्मिक वा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । नयाँ काम पाउने वा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको ग्रहयोग रहेको छ । 

माघ २०८१ को राशिफल

सिंह राशि हुनेहरूका लागी सूर्य प्रतिस्पर्धा भावमा, बुध ९ गतेसम्म विद्या भावमा र १० गतेबाट प्रतिस्पर्धा भावमा, शुक्र १६ गतेसम्म व्यापार भावमा र १७ गतेबाट कष्ट भावमा, बृहस्पति र शनि क्रमशः राज्य भावमा र व्यापार भावमा, मङ्गल ९ गतेसम्म खर्च र १० गतेबाट लाभ भावमा, राहु कष्ट  भावमा र केतु धन भावमा गोचर गरिरहेका छन् ।

यो महिना सिंह राशि हुनेहरूका लागी समय उत्तम रहेको छ । अधिकांश ग्रहको अनुकुल गोचरका कारण साहसी काम गरेर अरूको मन जित्न सकिनेछ भने प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अदालत तथा न्यायालयबाट हुने निर्णयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तिको योग रहेको छ । पैतृक सम्पत्ति र प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन  सकिनेछ । पढाइ लेखाइमा अरूलाई पछाडि छोड्दै तपाईँको नाम अग्र स्थानमा आउनेछ । थाती रहेको तथा अल्झेर बसेका काम धन्दाहरू नियमित रूपमा सुचारु हुँदा काम गर्न जोस जाँगर बढेर आउनेछ । नयाँ कार्ययोजना बनाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । राजनीतिकर्मी, समाजसेवी, पत्रकार, मेडिकल क्षेत्रसँग सम्बन्धित व्याक्तिहरुका लागी समय उत्तम रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट थोरै भएपनि आम्दानी गर्न सकिनेछ । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय हुनेछ । लेखन कलाको माध्ययमबाट आफ्नो बिचारहरू जनमानसमा लैजान सकिनेछ ।

धन भावमा केतुको गोचर र कष्ट भावमा राहुको प्रतिकुल गोचरको कारण शरीरमा घाउ खटिरा तथा चोटपटकको सम्भावना रहेको छ । सवारी साधन तथा मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । प्राकृतिक प्रकोपको चपेटामा परिन सकिन्छ ध्यान दिनुहोला । आफन्त तथा कुटुम्बसँग आर्थिक लेनदेनको मुद्दामा फस्न सकिन्छ ध्यान दिनुहोला ।

२०८१ को राशिफल

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सिंह राशि हुनेहरूका लागी वर्ष २०८१ पूर्वाद्ध र मध्यको समय सङ्घर्षमय रहेपनि उत्तरार्द्धमा उपलब्धि हात पार्न सकिनेछ  । राज्य भावमा गोचर गर्ने बृहस्पतिले खोज तथा अनुसन्धानकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । समाजमा गुमेको साख फिर्ता गर्न सकिनेछ भने राजनीति तथा कल्याणकारी क्षेत्रमा समय लगानी गर्नेहरूले राज्यबाट पद पाउने तथा प्रशस्त सेवा सुविधा पाउने ग्रहयोग रहेको छ । राज्यको निकायमा बसेर काम गरिरहेकाहरुले अनुकूल स्थानमा सरुवा तथा कार्यकारी पदमा बसी देश र जनताको सेवा गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन अध्यापनमा सुधार हुने तथा नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । कुनै पनि पेसा व्यवसायमा समय खर्चिनेहरुले मनग्गे आम्दानी गर्न सक्नेछन् । विवाह बन्धनमा बाँधिने गतिलो योग रहेको छ भने लामो समय देखि प्रेममा रहेकाहरूले आफ्नो सम्बन्धलाई आत्मीयता थप गर्ने अवसर प्राप्त हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

वर्षभरिनै शनिले केन्द्रमा शश नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने हुनाले र शनि अनुकूल हुनाले भौतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । राज्यसँग नजिक भई गरिने कामहरू जस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टा मार्फत आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । विदेशी भाषा तथा विदेशी संस्कार संस्कृतिको अनुसरण गर्नेहरुका लागि समय उत्तम रहेको छ । तरपनि दाम्पत्य भावमा शनिको गोचरले पति पत्नी बिच विचारमा बेमेल तथा मनमुटाब बढाउनेछ । ज्येष्ठ ५ गतेबाट ज्येष्ठ २९ गतेसम्म  राज्यभावमा शुक्रले शश नामको पञ्चमाहापुरुष योगको निर्माण गरी गोचर गर्ने हुनाले राज्यको निकायमा नियुक्ति,सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ । साङ्गीतिक क्षेत्रका काम गर्नेहरूले राज्यबाट मान सम्मान पाउने तथा लामो दुरीको यात्राको योग रहेको छ ।

 वर्ष भरिनै राहु कष्टभावमा र केतु धन भावमा रहनाले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला शरीरमा चोटपटक लाग्न सक्छ । दीर्घरोग जस्तै मधुमेह, प्रेसर वा अन्य घातक रोगले अलि बढी च्याप्न सक्छ । धनहानी, काममा अवरोध, मानसिक चिन्ता वा अन्य समस्याहरू बल्झन सक्छ । वैशाखको मध्य समयबाट जेठको अन्तसम्मको समयमा कष्टभावमा मंगल–राहुको युक्तिले दुर्घटना र चोटपटक आदि नलाग्ला भन्न सकिन्न ।

 वटुकभैरव र छिन्नमस्ता भगवतीको दर्शन–पूजा गर्नाले राहु र केतुको प्रतिकूल प्रभाव कम हुनेछ । प्रत्येक मंगलबार गणेशजीको पूजा गर्दा मंगलदोष शान्त हुनेछ । आर्थिक दृष्टिकोणले जेठ, असार, कार्तिक र माघ महिनामा उपलब्धिमूलक रहनेछ ।