आइतबार, ०७ वैशाख २०८२
ताजा लोकप्रिय
मिथुन
मिथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, हा
आइतबार, ०७ वैशाख २०८२ को राशिफल

बिहानको समय राम्रो रहेकाले अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट आर्थिक सहयोग पाइनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकाले विलाशी सामान वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यापारमा मन्दी आउने तथा घाटा लाग्ने योग रहेकोछ ।

 

मङ्गलवार साँझसम्मको समय मध्यम रहेकोले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । दिदी बहिनीहरूसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरू तपाईँदेखि टाढिन सक्छन् । बुधबारबाट शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ । मौसम अनुसारको सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सामाजिक तथा कल्याणकारी काम गरी नाम कमाउन  सकिनेछ । धर्म तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लामो दुरीको धार्मिक वा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । नयाँ काम पाउने वा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको ग्रहयोग रहेको छ ।  

वैशाख २०८२ को राशिफल

मिथुन राशि हुनेहरूका लागि सूर्य राज्य भावमा । बुध २२ गतेसम्म राज्य भावमा, २२ गतेबाट २५ गतेसम्म भाग्य भावमा र पुनः राज्य भावमा । शुक्र ८ गतेसम्म कर्म भावमा र ९ गतेबाट भाग्य भावमा । बृहस्पति र शनि क्रमशः खर्च भावमा र भाग्य भावमा, मङ्गल २४ गतेसम्म राशिमा र २५ गतेबाट धन भावमा । राहु राज्य भावमा र केतु सुख भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन वा विश्लेषण गर्दा राज्य भावमा गोचर गर्ने सूर्यको शुभ प्रभावले नोकरीमा प्रवेश वा पदोन्नतिको गतिलो योग रहेको छ । प्रशासनिक तथा सरकारी क्षेत्रमा हुनुहुन्छ भने तपाईँकै वर्चस्व रहनेछ । राज्यबाट आर्थिक लाभ तथा सम्मान पाइने हुँदा मन प्रसन्न रहनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । निर्माण सामाग्री, खाद्यान्न तथा गरगहनाका व्यापार महिनाभर नै उल्लेख्य मात्रामा वृद्धि हुनेछ । अनलाइन व्यापार  तथा वैदेशिक क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ । प्राकृतिक स्रोत साधनको भरपुर प्रयोग गर्न पाइनेछ ।  शुभ तथा माङ्गलिक काम वा भौतिक सम्पत्ति जोड्ने सवालमा ठुलो धन राशि खर्च हुनेछ ।  

विद्या तथा प्रतिस्पर्धामा विद्यार्थी वर्गहरूले आफ्नो प्रतिस्पर्धी हरूलाई हराउँदै अग्र स्थानमा तपाईँको नाम आउनेछ  । प्रेममा थप सामीप्य बढ्ने वा प्रेम सम्बन्धलाई विवाह गरी घरजम गर्ने सहमति प्राप्त हुनेछ । कर्म भाव र भाग्य भावमा महिनाभरै गोचर गर्ने बुधको प्रभावले लेखन कला तथा बाणिमा सुधार गर्दै उन्नतिका पाइला अगाडी बढाउन सकिनेछ । प्रविधि वा सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

अग्रज वा दिग्गज व्याक्तिहरुको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । काम वा अध्ययनको शिललिलामा लामो दुरीको यात्राको प्रशस्त सम्भावना रहेको छ । फिल्मी तथा मनोरञ्जनको क्षेत्रमा रुपैयाँ पैसा खर्च गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

तर पनि तेस्रो सातासम्म मङ्गलको गोचर धन भावमा रहने हुनाले रुपैयाँ पैसा सापटी वा लोनको रूपमा आफन्त तथा कुटुम्बलाई नदिनुहोला । सुख भावमा केतुको गोचरले सवारी साधनको प्रयोग गर्दा वा घरजग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।

२०८२ को राशिफल

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) मिथुन राशि भएका व्यक्तिहरुलाई वर्ष २०८१ संघर्षमय समय रहेपनि अन्तमा उपलब्धि हासिल गर्न सकिनेछ । देव गुरु बृहस्पति वैशाख १७ गतेबाट खर्च भावमा वर्ष भरि नै गोचर गर्ने हुनाले शिक्षा र आर्थिक उन्नति सन्तोष जनक नहुन सक्छ । पारिवारिक वा बाह्य समस्याले अध्ययनमा बाधा तथा अवरोधनको सामना गर्नु पर्नेछ । स्वास्थ्य सम्बन्धी समस्या बढ्ने, गलत काम गर्दा जेलनेल सम्मको यात्रा हुन सक्ने तथा फजुल खर्च बढ्ने योग रहेको छ । नियमसंगत कामगर्ने सादगी जीवन यापन गर्ने, शिक्षा तथा परोपकारी क्षेत्रमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ । राजनीतिक तथा कल्याणकारी काममा वा समाजसेवामा समय र धन खर्च हुनेछ । सङ्घर्षको बाबजुत लामो दुरीको धार्मिक वा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

वर्षभरि नै भाग्य भावमा गोचर गर्ने शनिको प्रतिकुल प्रभावले विभिन्न अवसर आएपनि आफ्नै कमजोरीले पछि परिनेछ । नोकरीमा दुर्गम स्थानमा स्थानान्तरण तथा असहज परिस्थितिको सामना गर्नुपर्नेछ । अध्ययन बाधा, दीर्घ रोगीहरूलाई स्वास्थ्यमा समस्या, व्यवसाय वा साझेदारीमा झैझगडा, आर्थिक उन्नतिमा बाधा हुनेछ ।  यो वर्ष सुखभावमा केतुको गोचर अशुभ रहनेछ । पैतृक धन तथा सम्पत्तिमा विवाद हुनेछ । सवारी साधन वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान नदिए दुर्घटना हुन सक्छ । सगोल वा स्थायी सम्पत्तिमा विवाद भई छिनोफानो वा भागबन्डाको लागी न्यायालयसम्म पुग्नु पर्ने बाध्यता आइपर्नेछ ।
कार्तिक १० गतेबाट माघ ९ गतेसम्म मंगलको प्रतिकुल गोचरको कारणले धनहानी, सवारी साधन तथा भौतिक साधनमा क्षति, शरीरमा चोटपटक, आर्थिक सङ्कट, वैदेशिक रोजगारीमा रुपैयाँ पैसा फस्ने योग पनि रहेको छ । असोज ६ गतेबाट असोज २३ गतेसम्म सुख भावमा बुधले भद्र नामको पञ्चमाहापुरुष योगको निर्माया गर्ने हुनाले सवारी साधन प्राप्ति तथा घरजग्गा जोड् सकिनेछ । सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ । माघ १८ गतेबाट चैत्र ८ गतेसम्म शुक्रले केन्द्रमा मालब्य नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने हुनाले राज्यबाट लाभ मिल्ने, नोकरिमा नढुवा वा सुगम स्थानमा स्थानान्तरण हुनेछ । गीत सङ्गीत वा साहित्य क्षेत्रमा काम गर्नेहरूका लागी थाती रहेको काम पुरा गर्ने तथा यात्रा गर्ने अवसर जुर्नेछ ।

मङ्गल र बृहस्पतिका प्रतिकूल प्रभावबाट बच्नको लागी क्रमशः गणेश र बगलामुखी भगवतीको पूजा तथा आराधना गर्नुपर्दछ । शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको नकारात्मक फलबाट मुक्त भइनेछ । केतुको नकारात्मक फलबाट बच्न बटुक भैरवको दर्शन तथा पूजा गर्नुपर्दछ । स्वास्थ्यका हिसाबले आधारमा जेठ, असार, असोज र माघ महिना प्रतिकूल रहनेछन् । आर्थिक दृष्टिकोले वैशाख, भाद्र, मङ्सिर र चैत्र महिना शुभ रहेको छ ।