बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय
मेष
मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बुधबार, १० वैशाख २०८२ को राशिफल

सरकारी तथा पैत्रिक धन तथा सम्पत्ति प्रयोगमार्फत रोजगारी सिर्जना गरी मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा बृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेकोछ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धिमूलक कामहरु बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । र, पनि माया प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहनेछ । वित्तीय क्षेत्रमा सुझबुझकासाथ लगानी गर्नुहोला ।

 

 साताको समय राम्रो रहेकोले व्यापार, उद्योग तथा शेयर बजारबाट मनग्गे धन आर्जन हुनेछ । सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागि  समयले साथ दिनेछ । पुराना मित्रसँग भेट हुने तथा मनोरञ्जन र खानपानमा समय व्यतित हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक कार्यमा सहभागी भई उच्च स्तरको प्रस्तुति दिन पाउन मन प्रसन्न हुनेछ । प्राकृतिक स्रोत साधन तथा पैतृक धन सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ  । शुक्रबारबाट समय मध्यम रहेकोले स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्ने बानिले कामहरू बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ ।

वैशाख २०८२ को राशिफल

मेष राशि हुनेहरूका लागी सूर्य खर्च भावमा । बुध २२ गतेसम्म खर्च भावमा, २२ गतेबाट २५ गतेसम्म लाभ भावमा र पुनः खर्च भावमा । शुक्र ८ गतेसम्म खर्च भावमा र ९ गतेबाट लाभ भावमा । बृहस्पति र शनि क्रमशः धन भावमा र आए भावमा, मङ्गल २४ गतेसम्म पराक्रम भावमा र २५ गतेबाट सुख भावमा । राहु खर्च भावमा र केतु प्रतिस्पर्धा भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा खर्च भावमा गोचर गर्ने राहु र सूर्यको प्रभावले बुवा वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । व्यावहारिक तथा आर्थिक उतारचढाव आउनेछ । राज्यको नजिक रही कामगर्नेहरुले काममा ढिला सुस्ती तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिर्नु पर्ने हुन सक्छ । राज्यको नुन खाएकाहरूले नियम सङ्गत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । मुटु, आँखा तथा हड्डी सम्बन्धी रोगीहरूले विशेष ध्यान दिनु पर्नेछ । महिनाको अन्ततिर सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तर पनि अन्य ग्रहको अनुकूल प्रभावले ठुलाबडा तथा विशिष्ट व्याक्तिहरुको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । भाग्यले साथ दिने हुनाले सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । धन भावमा गोचर गर्ने बृहस्पतिको अनुकूल गोचरका कारण स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मायालुको साथ पाउनेछन् । काम वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको योग रहेको छ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । लाभ भावमा शनिको शुभ गोचरका कारण अटोपार्टस, निर्माण सामाग्रीको कामबाट आर्थिक उन्नति गर्न सकिने तथा विकास बजेट खर्च गर्नेहरूका लागी समय फलदायी रहनेछ ।

२०८२ को राशिफल

मेष राशि भएका व्यक्तिहरूका लागी २०८२ साल मध्यम फलदायी वर्ष रहनेछ । वर्षा आरम्भमा बृहस्पति र केतुको शुभ गोचरका कारण लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागि वर्ष शुभ रहनेछ । स्कुल, कलेज, फार्मेसी, अस्पताल, बैक तथा वित्तीय क्षेत्रमा समय लगानी गर्नेहरूले मनग्गे धन तथा भौतिक सम्पत्ति जोड्ने योग रहेको छ । बोलीको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य एवं सन्तान सुख प्राप्त हुने ग्रहयोग छ । असोजको तेस्रो साताबाट पौष महिना भरि शनि बक्रि भएर लाभ भावमा गोचर गर्ने र वर्षभरि नै राहुको गोचर पनि लाभ भावमा नै रहने हुनाले उत्पादनमुखी व्यवसाय फस्टाएर जानेछ । सवारी साधन, निर्माण सामाग्री, फलाम तथा हार्डवेयरसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरूले आफ्नो कामदेखि सन्तुष्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्कापट्टा तथा कन्स्ट्रक्सन क्षेत्रमा समय दिनेहरूका लागी यो वर्ष फलदायी रहनेछ । सामाजिक मर्यादा तथा नीति नियमको पालन गरी काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ ।

ज्येष्ठ महिनाबाट वर्ष भरिनै वृहस्पतिको गोचर पराक्रम भावमा र सुख भावमा हुनेछ । त्यस्तै केतु सन्तान भावमा गोचर गर्ने हुनाले कार्यक्षेत्रमा विवाद बढ्ने, नोकरी छुट्ने तथा दुर्गम स्थानमा स्थानान्तरणको योग रहेको छ । आफन्त, घरपरिवार तथा मित्रबाट धोका तथा असहयोगको सामना गर्नुपर्नेछ । लामो दूरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न । बसाई सरि अन्यत्रै जानु पर्ने बाध्यता आउनेछ । नियमसंगत काम नगर्दा राज्यबाट मुद्दा लाग्ने तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । असोजको दोस्रो सातासम्म र माघ महिनाबाट शनिको आद्य साढेसाती दशाको प्रभावले भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । विदेशी भाषा तथा विदेशी संस्कार संस्कृतिको अनुसरण गर्नेहरूका लागी समयले साथ दिने छैन । बिचौलियाको फन्दामा परिनेछ । विभिन्न समस्या आइपर्ने, झुटा आरोप लाग्ने, समयमा काम सम्पन्न नहुने तथा शरीर कमजोर हुने समस्या आइपर्नेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ । तर पनि जन्म कुण्डलीमा शनि स्वगृह, उच्च, मित्रगृह तथा ३, ६, ११ भावमा हुनेहरूका लागी भने शनिले राम्रा तथा परिणाममुखी फल दिनेछ ।

कार्तिक १६ गतेबाट मंसिर ९ गतेसम्म शुक्रले व्यापार भावमा गोचर गरि मालव्य नामको पञ्च महापुरुष योगको निर्माण गर्ने हुनाले महँगा तथा विलासी सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । साङ्गीतिक माहौलमा सहभागी हुन लामो दूरीको यात्रा हुनेछ । विपरीत लिङ्गबाट उपहार प्राप्तिको गतिलो योग रहेको छ । सेना,  प्रहरी ,डाक्टर, पाइलट, होटल व्यवसायी, वैज्ञानिक, अनुसन्धानकर्ता, खनिज पदार्थको कारोबार तथा तथा घरजग्गा सम्बन्धी काम गर्नेहरूका लागी वर्ष विशेष फलदायी रहनेछ ।

विधिपूर्वक वृहस्पतिको लागी माता बंगलामुखीको पूजा तथा आराधना तथा राहु केतुको लागी बटुक भैरवको दर्शन तथा मन्त्र जप गर्नाले लाभ मिल्नेछ । शनिको लागी महाकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चढाउनाले लाभ मिल्नेछ । आर्थिक दृष्टिले असार, असोज, माघ र फाल्गुन अन्य महिना भन्दा शुभ रहनेछ ।