आमा, आफन्त तथा सहयोगीबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । जीवन साथीले हर क्षेत्रमा सहयोग गर्ने तथा माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । अध्ययनमा अलिक बढी समय दिन सक्दा प्रगति गर्न सकिनेछ ।
समय राम्रो रहेकोले घर जग्गा वा सवारीसाधनको खरिद बिक्रीबाट मनग्गे लाभ लिन सकिनेछ । मामा तथा मावलिबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको योग रहेको छ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने शेयर बजारमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । माया प्रेममा सामीप्य बढ्नेछ भने खानपान, घुमफिर तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । नोकरीमा बढुवा हुने तथा सुगम स्थानमा स्थानान्तरणको बलियो योग रहेको छ । पूजा पाठ तथा धार्मिक कार्यमा समय व्यातित हुनेछ । छोटो दुरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
मीन राशि हुनेहरूका लागि सूर्य लाभ भावमा, बुध ९ गतेसम्म राज्य भावमा र १० गतेबाट लाभ भावमा, शुक्र १६ गतेसम्म खर्च भावमा र १७ गतेबाट राशिमा, बृहस्पति र शनि क्रमशः पराक्रम भावमा र खर्च भावमा, मङ्गल ९ गतेसम्म विद्या भावमा र १० गतेबाट सुख भावमा, राहु राशिमा र केतु व्यापार भावमा गोचर गरिहरेका छन् ।
सूर्य, शुक्र, बृहस्पति तथा बुध अनुकूलताले सङ्घर्षका बाबजुद राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी राज्यबाट पद प्राप्तिको योग रहेको छ । प्राकृतिक स्रोतको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा मान सम्मान पाइने योग रहेको छ । खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठुलाबडा तथा विशिष्ट व्याक्तिहरुको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । भाग्यले साथ दिने हुनाले अध्यात्म तथा धर्मसँग सम्बन्धित व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । स्कुल,कलेज,बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पन्न आर्जन गर्न सकिनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मायालुको साथ पाउनेछन् ।
शनिको आद्य साढेसातीको प्रभाव महिनाभर नै रहने हुनाले र जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूलाई श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घरोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरुले विशेष ख्याल गर्नुहोला । भौतिक सम्पत्ति वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए दुर्घटना नहोला भन्न सकिन्न । व्यापार भावमा केतुको प्रभावले व्यापारमा सामान्य मन्दी आउनेछ । श्रीमान् श्रीमती बिच घरायसी कुरा नमिल्दा सामान्य मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मीन राशि हुनेहरूका लागी वर्ष २०८१ सङ्घर्षका बाबजुद केही उपलब्धि हासिल गर्न सकिनेछ । वर्ष भरिनै पराक्रम भावमा रहने बृहस्पतिले उत्पादित उद्योगमा लगानी गर्ने अवसर आएपनि आम्दानी थोरै हुनाले आर्थिक स्थिति कमजोर हुनेछ । दाजुभाइ तथा छिमेकीसँग अनावश्यक विवादमा फस्ने योग रहेको छ । छोटो यात्रा भएपनि यात्राका क्रममा अनावश्यक झन्झट बेहोर्नु पर्नेछ । घरजग्गाको कारोबार गर्नेहरूका लागी यो वर्ष घातक हुन सक्छ । शिक्षा क्षेत्र तथा वित्तीय क्षेत्रको लगानीबाट भने केही आम्दानी गर्न सकिनेछ । सही मार्ग तथा गन्तव्य पहिचान गर्न नसक्दा आर्थिक स्थिति कमजोर हुने तथा धन हानी हुन सक्छ । शिरभावमा राहुको गोचरले घमन्डीपन बढ्न र अहङ्कारमा वृद्धि हुनाले समाजमा विद्रोही भावनाको विकास हुनेछ । वैशाख १४ देखि ज्येष्ठ २२ सम्म राहु मंगलको युक्तिले स्वार्थीपन बढ्नाले झन् नोक्सान हुनेछ । चिना वा जन्म कुण्डलीमा राहु र मङ्गल कमजोर छ भने विवादास्पद पद वा भूमिकामा अवतरण हुन सक्छ ध्यान दिनुहोला ।
वर्ष भरिनै व्यय वा खर्च भावमा शनिको आद्य साढेशातीको प्रभाव रहनेछ । चिना वा जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूले सवारी साधन वा भौतिक सम्पत्तिमा क्षति हुनेछ । आफन्त तथा साथीभाइबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । अनावश्यक लाञ्छना लाग्नेछ । आफ्नो वा परिवारको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । नोकरीमा घटुवा, दुर्गम स्थानमा स्थानान्तरण वा आलोचित हुने पर्ने र मनमा बेचैन गतिलो डेरा जमाउनेछ । अवसरवादीहरूले नजिक भई आर्थिक अपचलन तथा गलत मार्गमा लगी फसाउन सक्छन् । काममा बाधा, गलत आरोप, मान हानी, पारिवारिक वा वैचारिक मतभेद, स्वास्थ्यमा समस्या तथा आर्थिक रूपमा कमजोर भएको महसुस हुनु जस्ता समस्याहरू आउन सक्छन् । घरपरिवारमा वा समाजमा वैचारिक मुद्दा नमिल्दा बसाई सराई तथा स्थानान्तरणको योग बन्नेछ । तरपनि जन्म कुण्डली वा चिनामा शनि स्वगृह, उच्च,निचभङ्ग र ३,६,११ भावमा भए शनिको आद्य साढेशातीले अधिक फाइदा हुनेछ ।
बुधले ज्येष्ठ ३१ गतेबाट असार १५ गतेसम्म र असोज ६ गतेबाट असोज २३ गतेसम्म केन्द्रमा भद्र नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने हुनाले घरजग्गा तथा सवारी साधन जोड्न सकिनेछ भने व्यापारमा वृद्धि हुनेछ । लेखन तथा साहित्यमा बाकी रहेका कार्यहरू सकाउन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतिको गतिलो सम्भावना रहेको छ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा निकाल्न सकिनेछ भने अध्ययन तथा व्यापारको सिलसिलामा देश विदेशको यात्रा हुनेछ । माया प्रेम गर्नेहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्नेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले राज्यबाट मान सम्मान पाउनेछन् ।
विधिपूर्वक बृहस्पतिको लागी देवी बङ्गलामुखीको दर्शन, पूजा तथा आराधना गर्नुहोला । शनिको आद्य शाढेसाती तथा नकारात्मक प्रभावबाट बच्न माहाँकाल, हनुमान र काली भगवतीको दर्शन तथा पूजा गर्नाले र शनिबार पीपलमा जल चढाउनाले शनिदेवको नकारात्मक प्रभावबाट छुटकारा पाउन सकिनेछ । राहु र केतुको लागी बटुक भैरवको दर्शन गर्नुहोला । प्रत्येक मंगलबार गणेश भगवानको दर्शन वा पूजा आराधना गर्नुहोला । आर्थिक दृष्टिकोणले ज्येष्ठ,भाद्र,पौष र माघ महिना उत्कृष्ट रहेका छन् भने अन्य महिना मध्यम रहेको छ ।