शुक्रबार, ०१ चैत २०८१
ताजा लोकप्रिय
मकर
मकर राशि भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
शुक्रबार, ०१ चैत २०८१ को राशिफल

बिहानको समय मध्ययम रहेकाले स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकाले आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । खानपान, मनोरञ्जनमा समय व्यतित हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।

मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । तार्किक क्षमतामा वृद्धि भएर जानेछ भने बाणिमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ । अध्ययन वा नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा पाइनेछ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले आफन्त तथा चेली माइती वीच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

चैत २०८१ को राशिफल

मकर राशि हुनेहरूका लागी सूर्य पराक्रम भावमा । बुध २२ गतेसम्म पराक्रम भावमा, २२ गतेबाट २५ गतेसम्म धन भावमा र पुनह पराक्रम भावमा । शुक्र ८ गतेसम्म पराक्रम भावमा र ९ गतेबाट धन भावमा । बृहस्पति र शनि क्रमशः विद्या भावमा र धन भावमा, मङ्गल २४ गतेसम्म प्रतिस्पर्धा भावमा र २५ गतेबाट व्यापार भावमा । राहु पराक्रम भावमा र केतु भाग्य भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा दाजुभाइ तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीमा सन्तोषजनक नाफा हुनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । ठेक्कापट्टा, प्राकृतिक स्रोत साधनको प्रयोग, निर्माण सामाग्री, सवारी साधनको खरिद बिक्री, बिलासी सामानको व्यापार, गरगहना तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार गर्नेहरूका लागि महिना फलदायी रहनेछ ।

अरुलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाइलो यात्राको तय हुनेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लामो दुरीको शैक्षिक तथा कर्म प्राप्तिको लागि यात्राको गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मि तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । साहसी क्रियाकलाप भाग लिई नाम कमाउन सकिनेछ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधिस, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागि समय फलदायी रहनेछ ।

तर पनि शनिको अन्त्य शाढेसातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने, र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ ।

२०८१ को राशिफल

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मकर राशि हुनेहरूका लागी वर्ष २०८१ उत्साहजनक रहनेछ । वर्ष भरिनै बृहस्पति र राहु अनुकूल हुनाले अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने अध्ययनकै सवालमा देश विदेशको यात्रा हुनेछ । लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागी वर्ष शुभ रहनेछ । स्कुल, कलेज, फार्मेसी, अस्पताल, शेयर बजार, बैक तथा वित्तीय क्षेत्रमा समय र रुपैयाँ पैसा लगानी गर्नेहरूले मनग्गे धन तथा भौतिक सम्पत्ति जोड्ने योग रहको छ । राजनीतिमा लाग्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुने सम्भावना छ । निर्णायक तहमा बसेर गरिने निर्णयहरू समाज तथा जनताको पक्षमा हुनेछन् भने राज्यबाट लाभ मिल्ने समय रहेको छ । बोलीको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिनेछ । मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य सम्बन्ध एवं सन्तान सुख प्राप्त हुने ग्रहयोग छ । मिहिनेतीहरूलाई आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । भाग्यले घरजग्गा लगायत स्थायी सम्पत्ति दिलाउन सक्छ । उद्योगधन्दा र व्यवसायमा विशेष फाइदा हुनेछ ।

 
बर्सभरि नै पराक्रम भवमा राहुको गोचर शुभ रहनेछ । राहुको अनुकूल प्रभावले ऋण, रोग तथा शत्रुसँग लड्ने क्षमतामा वृद्धि हुनेछ । प्रविधिको प्रयोग गरी पेसा व्यवसायलाई स्थापित गर्न सकिनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने योग रहेको छ । परराष्ट्र वा कूटनीतिको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हात पार्न सकिनेछ । प्रयत्न गर्दा उत्तम रोजगारी प्राप्त हुनेछ । वर्ष भरिनै छोरो दुरीको रमाइलो यात्रा भइरहनेछ ।

 
जेठ २२ देखी असार ३१ गतेसम्म मंगलको अनुकूलताले घरजग्गा तथा सवारी साधन जोड्न सकिने तथा टेक्नीकल क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । असोज २ गतेबाट असोज २६ गतेसम्म केन्द्रमा शुक्रको गोचरले नोकरीमा प्रवेश वा सुगम स्थानमा स्थानान्तरणको योग रहेको छ । बिलासी सामानको व्यापारबाट लाभ मिल्ने तथा लामो दुरीको साङ्गीतिक यात्रा हुने प्रबल सम्भावना रहेको छ ।

 
तरपनि वर्ष भरिनै शनिको अन्त्य साढेशातीको प्रवाले जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूलाई विभिन्न समस्या आइपर्ने, झुटा आरोप लाग्ने, समयमा काम सम्पन्न नहुने तथा शरीर कमजोर हुने समस्या आइपर्नेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ । जन्म कुण्डलीमा शनि स्वगृह, उच्च, मित्र गृह तथा कुण्डलीमा ३, ६, ११ भावमा हुनेहरूका लागी भने शनिले राम्रा तथा परिणाममुखी फल दिनेछ । त्यस्तै भाग्य भावमा वर्ष भरिनै केतुको गोचर मध्यम रहनेछ । नोकरीमा अपजस तथा कष्टकर यात्रा नहोला भन्न सकिन्न । गरिरहेको काम छोडी यात्रा गर्नु पर्ने बाध्यता आउनेछ । तरपनि विदेशी भाषा  संस्कृती तथा आईटीको क्षेत्रमा काम गर्नेहरूका लागी शुभ रहनेछ ।

 
प्रत्येक मङ्गलवार गणेश भगवानको दर्शन, पूजा तथा आराधना गर्नाले मंगलको नकारात्मक दोष निबारण गर्न सकिनेछ । महांकाल, हनुमान तथा काली भगवतीको पूजा तथा आराधना गर्नाले र शनिबार पीपलमा जल चढाउनाले शनिको दुष्प्रभावबाट टाढा रहन सकिन्छ । आर्थिक दृष्टिकोणले असार,कार्तिक, मङ्सिर र चैत्र महिना उत्तम रहेको छ ।

छुटाउनुभयो कि ?