सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय
कुम्भ
कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, दा
सोमबार, २८ माघ २०८१ को राशिफल

अध्ययन अध्यापनमा रुची बढ्नेछ भने विद्या तथा प्रतिस्पर्धामा तपाईंकै नाम अग्र स्थानमा आउनेछ । काममा आफन्तको सहयोग मिल्नेछ । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।  वित्तीय क्षेत्रमा लगानी गरेर आम्दानी बढाउन सकिनेछ ।

मय मिश्रित रहेकोले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईँको प्रतिस्पर्धीको रूपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैयाँ पैसा नआउने तथा आफन्तलाई दिएको धनले शत्रुता बढाउनेछ । धन सम्पत्ति हराउने तथा चोरी हुने हुनाले यात्रा गर्दा ख्याल गर्नुहोला । तरपनि माया प्रेममा रमाउन चाहनेहरूका लागी समय साथ दिनेछ भने घुमफिर, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । लामो वा छोटो दुरीको धार्मिक यात्राको तय हुनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । अन्य व्यापारमा मन्दी आए पनि शेयर बजारको लगानीबाट आंशिक लाभ हुनेछ । अध्ययनमा मन जाने तथा राम्रो नतिजा ल्याउन सकिनेछ ।

 

माघ २०८१ को राशिफल

कुम्भ राशि हुनेहरूका लागी सूर्य खर्च भावमा, बुध ९ गतेसम्म लाभ भावमा र १० गतेबाट खर्च भावमा, शुक्र १६ गतेसम्म राशिमा र १७ गतेबाट धन भावमा, बृहस्पति र शनि क्रमशः सुख भावमा र राशिमा, मङ्गल ९ गतेसम्म प्रतिस्पर्धा भावमा र १० गतेबाट विद्या भावमा, राहु धन भावमा र केतु कष्ट भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा कुम्भ राशि हुनेहरूका लागी व्यावहारिक तथा आर्थिक उतारचढाव आउनेछ । खर्च भावमा गोचर गर्ने सूर्यको प्रभावले औषधी उपचार खर्च बढ्नेछ । राज्यको नजिक रही काम गर्नेहरुले काममा ढिला सुस्ती तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिर्नु पर्ने हुन सक्छ । राज्यको नुन खाएकाहरूले नियम सङ्गत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । धन भावमा गोचर गर्ने राहु र कष्ट भावमा गोचर गर्ने केतुको प्रतिकुल गोचरको कारण आँखामा कष्ट, धनसम्पतीमा  हानी, विद्यामा अरुचि तथा आफन्तको असहयोग रहने तथा ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्नेछ । शनिको मध्य शाढेसातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला ।

बुध, शुक्र, बृहस्पति, मङ्गलको अनुकूल प्रभावले लामो समयदेखि थाती रहेका कामहरू सुचारु गर्न सकिनेछ । लेखन तथा कला क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै जनमानसमा लैजान सकिनेछ ।  भाग्यले प्रेम पात्र जुराउनेछ भने प्रेममा रहेकोहरुका लागि आफन्त तथा परिवारका सदस्यबाट वैधानिकता प्राप्त हुनेछ । विदेशी सामनको व्यापार, महंगा तथा ब्राण्डेड सामान, पहिरन, शैक्षिक सामाग्री तथा गरगहनाको व्यवसायमा समय लगानी गर्नेहरूका लागी महिना फलदायी रहनेछ । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पत्ति लाभ हुने ग्रहयोग रहेको छ ।

२०८१ को राशिफल

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुम्भ राशि हुनेहरूका लागी वर्ष २०८१ सङ्घर्षपूर्ण रहेतापनि अन्तमा उपलब्धि हात पार्न सकिनेछ । सुख भावमा रहने बृहस्पतिले घर जग्गा तथा सवारी साधनको कारोबार तथा खरिद बिक्रीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि, पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले राज्यबाट पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुनेछ । पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानीलाई दोब्बर पार्न सकिनेछ । पढाइ लेखाइ भनेजस्तो नतिजा हात लाग्नेछ भने खोज अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा निकाल्न सकिनेछ । प्रेम प्रसङ्गमा प्रेमका कोपिलाहरू फक्रनेछन् भने प्रेम सम्बन्धलाई दाम्पत्य सम्बन्धमा रूपान्तरण गर्न सकिनेछ । बैक तथा बित्तीय क्षेत्र वा शेयर बजारबाट आशिंक लाभ मिल्नेछ । ज्येष्ठ ५ गतेबाट ज्येष्ठ २९ गतेसम्म  राज्यभावमा शुक्रले शश नामको पञ्चमाहापुरुष योगको निर्माण गरी गोचर गर्ने हुनाले स्थायी सम्पत्तिमा वृद्धि हुनेछ भने साङ्गीतिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

 
शनिदेवको मध्य साढेशातीको प्रभावले अस्वस्थता बढ्ने वा औषधी उपचार खर्चमा वृद्धि हुने, धन तथा भौतिक सम्पत्ति हानि, रोग बढ्ने, परिवार भित्रकै मानिसबाट झुटा आरोप, काममा बाधा, न्यायसङ्गत काम नगर्दा जेलनेल सम्मको यात्रा हुने, आर्थिक मन्दी जस्ता समस्याको सामना गर्नुपर्नेछ । धनभावमा रहने राहुको र कष्ट भावमा केतुको गोचर प्रतिकुल रहनेछ । प्रविधि तथा सामाजिक सञ्जालमा लेखेको वा बोलेको कुराले विवाद निम्त्याउने छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरू  सक्रिय हुनेछन् । उच्च अधिकारी वा सहकर्मीसँग वैचारिक मतभेद रहनेछ । काममा बाधा, स्वास्थ्यमा समस्या, धनआगमनमा ब्रेक लाग्ने योग रहेको छ । ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्ने हुनसक्छ । अधिकांश समय मंगलको प्रतिकुलताको कारण चोटपटक र दुर्घटनाको योग बन्नेछ ।

मंगलको लागी प्रत्येक मंगलबार गणेश भगवानका दर्शन तथा पूजा गर्नुहोला । बृहस्पतीको लागी बङ्गलामुखी देवी वा शिवजीको पूजा तथा आराधना गर्नुहोला । शनिको नकारात्मक फलबाट बच्नको निमित्त काली भगवती तथा शनिवार पीपलमा जल चढाउने गर्नुहोला । राहु केतुको लागी बटुक भैरवको पूजा तथा आराधना र हनुमान चालिसाको पाठ गर्नुहोला । आर्थिक दृष्टिकोणले वैशाख, साउन, मङ्सिर र पुस महिना उत्तम रहेको छ ।