समय राम्रो रहेकोले विदेशी सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाइने वा विदेश यात्राको प्रवल सम्भावना रहेकोछ । खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । र, पनि स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्यसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला, जरिवाना पनि हुन सक्छ ।
साताको समय राम्रो रहेकोले भौतिक बस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरूको मन लोभ्याउन सकिनेछ । माया प्रेममा भेटघाट गर्ने, रमाइलो गर्ने तथा उपहार साटासाट हुनेछ । तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरू खुसी हुनेछन् । पढाइ लेखाइमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापार, शेयर बजार तथा उद्योगबाट पछिसम्म लाभ मिल्नेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसी रहनेछन् । गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । कामहरू समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस गाजर बढेर आउनेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईँको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।
कर्कट राशि हुनेहरूका लागी सूर्य व्यापार भावमा, बुध ९ गतेसम्म प्रतिस्पर्धा भावमा र १० गतेबाट व्यापार भावमा, शुक्र १६ गतेसम्म कष्ट भावमा र १७ गतेबाट भाग्य भावमा, बृहस्पति र शनि क्रमशः लाभ भावमा र कष्ट भावमा, मङ्गल ९ गतेसम्म राशिमा र १० गतेबाट खर्च भावमा, राहु भाग्य भावमा र केतु पराक्रम भावमा गोचर गरिरहेका छन् ।
व्यापार भावमा गोचर गर्ने सूर्यले घर परिवार तथा जीवन साथीसँग राय बाझिनेछ । साझेदारी व्यापारमा बैमनस्यता पैदा हुनेछ । स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्ने तथा औषधी उपचार खर्च बढ्नेछ । दिर्घरोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूका लागी समय अनुकूल नहुन सक्छ । राशिमा वा खर्च भावमा मङ्गलको गोचरले सवारी साधनको प्रयोग गर्दा चोटपटकको सम्भावना रहेको छ भने वैदेशिक क्षेत्रको काममा रुपैयाँ पैसा फस्न सक्छ ध्यान दिनुहोला । महिना भरनै शनिको अडैया दशाको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला ।
तरपनि बुध शुक्र र बृहस्पतिको अनुकूल गोचरको कारणले अल्झेर बसेका काम धन्दाहरू नियमित रूपमा सुचारु गर्न सकिनेछ । प्रेमलाई विवाह मार्फत घर गृहस्थीमा परिणत गर्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट आंशिक लाभ हुनेछ । शिक्षा क्षेत्र, बैक तथा वित्तीय क्षेत्र, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूले नाम तथा दाम दुवै कमाउने योग रहेको छ । लेखन, कला, साहित्यमा थाती रहेका काम सकाउन सकिनेछ । धार्मिक क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । पराक्रम भावमा गोचर गर्ने केतुले भाग्यमा अकस्मात् वृद्धि हुनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुने तथा मित्रबाट आर्थिक सहयोग प्राप्त हुनेछ । धर्म भावमा राहुको गोचरको कारणले अरूकै करकापमा मन्दिर तथा धार्मिक प्रतिष्ठान तिरको यात्रा हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कर्कट राशि हुने व्यक्तिहरुका लागी वर्ष २०८१ को अधिकांश समय शुभ रहनेछ । बृहस्पति र केतुको अनुकूल प्रभावको कारण सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ । व्यापार व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । स्कुल, कलेज, शेयर बजार र बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । बिद्यार्थीवर्गहरुले विद्या तथा प्रतिस्पर्धा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ भने अध्ययन तथा कामको सिलसिलामा देश विदेशको यात्रा हुनेछ । माया प्रेम गर्ने जोडीहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ भने उपहार तथा चिट्टा प्राप्तिको योग रहेको छ । इच्छित चाहना तथा मनोकामनाहरू पुरा हुनेछन् । वंश वृद्धिको गतिलो योग रहेको छ भने सन्तान सुख पाइनेछ ।
जेठ २२ देखी असार ३१ गतेसम्म मंगलको अनुकूलताले प्रभावशाली काम गर्न सकिनेछ । उद्योग र व्यापारमा मनग्य लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ । आफन्त तथा अग्रजहरूको सहयोग पाइनाले सवारी, घरजग्गा र अन्य चल–अचल सम्पत्ति जोड्न सकिनेछ । तर अन्य समयको मङ्गल प्रतिकुल हुनाले र खनिज पदार्थसँग सम्बन्धित काम गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । असोज २ गतेबाट असोज २६ गतेसम्म केन्द्रमा शुक्रको गोचरले महँगा तथा बिलासी सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । साङ्गीतिक माहौलमा सहभागी हुने लामो दुरीको यात्रा हुनेछ भने विपरीत लिङ्गबाट उपहार प्राप्तिको गतिलो योग रहेको छ ।
वर्षभरिनै शनिको अडैया दशा को प्रभावले स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ भने घरमा आफन्त तथा अग्रजहरूसँग विवाद बढ्नेछ । न्यायिक निर्णयहरु तपाईँको पक्षमा नहुन सक्छन् । तर पनि जन्म कुण्डलीमा शनि उच्च तथा स्वगृह,मित्र गृह तथा ३, ६ ११ भावमा भए शुभ फल प्राप्त हुनेछ भने शैक्षिक तथा कामको शिलशिलामा देश विदेशको यात्रा हुनेछ ।
शनिको नकारात्मक प्रभावबाट बच्नको लागि महाकाल तथा काली भगवतीको पूजा आराधना गरी पीपलमा जल चढाउँदा फाइदा हुनेछ । वर्षभरि राहु तथा केतुको मन्त्र जप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले वैशाख, जेठ, असोज र पुस महिना अधिक शुभ फलदायी रहनेछन् ।