बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय
कन्या
कन्या राशि टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
बुधबार, २३ माघ २०८१ को राशिफल

समय राम्रो रहेकाले नसोचेको धन तथा सम्पत्ति हात लागी हुनेछ । गहिरो अध्ययन तथा अनुसन्धानमा जुट्नु पर्ने समय रहेकोछ । प्रेममा रमाउन चाहनेका लागी समयले साथ दिनेछ । व्यापार, शेयर बजार तथा वित्तीय क्षेत्रको नाफामा उल्लेख्य बृद्धि हुनेछ भने थप लगानी गर्ने वातावरण बन्नेछ । र, पनि लामो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ।

साताको सुरु र अन्तको समय राम्रो रहेकोले माया प्रेममा सामीप्य बढ्नुको साथै दाम्पत्य जीवन खुशी रहनेछ । पाहुना लागेर कतै जाँदा आतिथ्यको सत्कार तथा सम्मान पाइनेछ । विभिन्न सहयोग तथा उपहार प्राप्तिको ग्रहयोग रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । निर्माण सामाग्री, गरगहना तथा पूजा सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राज्यको नजिक भई काम गर्नेहरूले आर्थिक लाभ प्राप्त गर्ने समय रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरणको बलियो योग रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । मंगलबार र बुधबारको  समय मध्यम रहेकोले स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरू प्रभावित हुनेछन् । चिन्ता तथा छटपट्टिले उर्जा तथा आत्मविश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा हात हाल्दा व्यावसायिक रूपमा घाटा लाग्नेछ । धन सम्पत्ति तथा पैतृक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला ।  

माघ २०८१ को राशिफल

कन्या राशि हुनेहरूका लागी सूर्य विद्या भावमा, बुध ९ गतेसम्म सुख भावमा र १० गतेबाट विद्या भावमा, शुक्र १६ गतेसम्म प्रतिस्पर्धा भावमा र १७ गतेबाट व्यापार भावमा, बृहस्पति र शनि क्रमशः भाग्य भावमा र प्रतिस्पर्धा भावमा, मङ्गल ९ गतेसम्म लाभ र १० गतेबाट राज्य भावमा, राहु व्यापार भावमा र केतु राशिमा गोचर गरिहरेका छन् ।

महिनाको दोस्रो सातासम्मको समय राम्रो रहेकोले मातापिता तथा अग्रजबाट आशीर्वाद प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गतिलो योग बनेको छ । लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउने हरूका लागी समयले साथ दिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भूमि तथा पैतृक धन प्रयोग गरी मनग्गे धन सम्पत्ति कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ । बिलासी सामान, खाद्यान्न, ठेक्कापट्टा, निर्माण सामाग्री, गाडी तथा इन्जिन खरिद बिक्री तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार, गरगहना र पर्यटन सम्बन्धी कामबाट मनग्गे लाभ लिन सकिनेछ । लाभ वा राज्य भावमा मङ्गलको शुभ प्रभावले सुरक्षा संयन्त्रको क्षेत्रमा प्रवेश वा पदोन्नतिको बलियो सम्भावना रहेको छ ।

महिनाको दोस्रो साताबाट सन्तान तथा आफन्तसँग मनमुटाब सिर्जना हुन सक्छ । समयमा काम नसकिने तथा बौद्धिक व्याप्तित्वसँग सैद्धान्तिक राय बाझिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरू समयमा सकाउन मुस्किल पर्नेछ । वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा उल्झन आउने तथा रुपैयाँ पैसा फस्न सक्छ । घाउ तथा चोटपटक लाग्न सक्छ ध्यान दिनुहोला । नियम सङ्गत काम नगर्दा जेलनेल सम्मको यात्रा हुन सक्छ ख्याल गर्नुहोला । दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । राहु तथा केतुको गोचर अनुकूल नहुनाले धन सम्पत्ति फस्ने तथा कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

२०८१ को राशिफल

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कन्या राशि भएका व्याक्तिहरुका लागी वर्ष २०८१ शुभ रहनेछ । प्रतिस्पर्धा भावमा गोचर गर्ने शनिले बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरूले आफ्नो कामदेखि सन्तुष्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्का पट्टा तथा कन्स्ट्रक्सन क्षेत्रमा समय दिनेहरूका लागि यो वर्ष फलदायी रहनेछ । सामाजिक मर्यादा तथा नीति नियमको पालन गरी काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । मामा तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ ।

धर्म तथा भाग्य भावमा गोचर गर्ने शुभ बृहस्पतिको अनुकूल प्रभावले अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । नोकरीमा प्रवेश, पदोन्नति तथा अनुकूल स्थानमा स्थानान्तरणको ग्रहयोग रहेको छ । मन मिल्ने प्रेमपात्र पाइनाले अविवाहितहरूको लगनगाँठो कसिने बलियो सम्भावना छ । नयाँ उद्योग तथा व्यवसाय सुरु गरी आर्थिक लाभ लिन सकिनेछ । घरजग्गा सवारी साधन तथा सामाजिक पद प्रतिष्ठा जोड्न  सकिनेछ । कला साहित्य,गीत सङ्गीत, मोडलिङ पेसा ब्याबसायमा चासो बढ्नेछ । विशेषत फिलिम, नृत्य, लेखन क्षेत्रमा विशेष दक्खल हुनेछ । कूटनीति, परराष्ट्र, राजनीति , राजदूत वा यस्तै कार्यमा आफूलाई अब्बल साबित गर्ने समय रहेको छ । राशि स्वामी बुध ज्येष्ठ ३१ गतेबाट असार १५ गतेसम्म र असोज ६ गतेबाट असोज २३ गतेसम्म केन्द्रमा भद्र नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने हुनाले राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापार वाणिज्य क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिनेछ । ज्येष्ठ ५ गतेबाट ज्येष्ठ २९ गतेसम्म  व्यापार भावमा शुक्रले शश नामको पञ्चमाहापुरुष योगको निर्माण गरी गोचर गर्ने हुनाले सवारी साधनको खरिद बिक्री तथा मर्मत कार्यबाट मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । कपडा, कागज, प्रेस तथा मिडिया जस्ता क्षेत्रमा आफ्नो अधिकार स्थापित  गर्न सकिनेछ ।

वर्षभरि नै शिरमा केतु र  दाम्पत्य भावमा राहुको गोचन अनुकूल नहुन सक्छ । प्रेम सम्बन्धमा टकराब आउने तथा पति पत्नीबिचको सम्बन्धमा मनमुटाब आई  गृहस्थी जीवन कमजोर बन्नेछ । वैशाख १४ देखि जेठ २२ गतेसम्म दाम्पत्य भावमा हुने मङ्गल–राहुको अंगारक योगको कारणले घर परिवारमा अशान्ति, रोग र कलह निम्त्याउन सक्छ । वर्षको अधिकांश समय मङ्गल कमजोर रहने हुनाले चोटपटक, भौतिक सम्पत्तिमा क्षति हुन सक्छ ध्यान दिनुहोला ।

मङ्गल, राहु र केतुको प्रतिकूल प्रभावबाट जोगिन क्रमशः श्रीगणेश, छिन्नमस्ता भगवती र वटुकभैरवको पूजा–आराधना गर्नुहोला ।  आर्थिक दृष्टिकोणले असार, साउन, मङ्सिर र फाल्गुन महिना लाभदायक रहनेछ ।