बिहानको समय राम्रो रहेकोले मन्दिर तथा धार्मिक प्रतिष्ठानको यात्रामा सहभागी हुन सकिनेछ । शैक्षिक वा कर्म प्राप्तिको लागि लामो दुरीको यात्राको योग रहेकोछ । चाडबाड लक्षित सामानको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । समयले साथ दिने हुनाले परिवारमा साथ मिष्ठान भोजन, रमाइलो यात्रा तथा भेटघाटमा समय बित्नेछ । मध्यान्हबाट स्वास्थ्य सम्बन्धी समस्या आई दैनिकी प्रभावित हुनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
साताको समय उत्तम रहेकोले माया प्रेममा सामीप्य बढ्नुको साथै दाम्पत्य जीवन खुशी रहनेछ । पाहुना लागेर कतै जाँदा आतिथ्यको सत्कार तथा सम्मान पाइनेछ । विभिन्न सहयोग तथा उपहार प्राप्तिको ग्रहयोग रहेको छ । आर्थिक रुपमा सुदृड हुन सकिने हुनाले दैनिकी सहज रुपमा अगाडी बढ्नेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू हुनेछन् । पूजा सामाग्री तथा चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राज्यको नजिक भई काम गर्नेहरूले आर्थिक लाभ प्राप्त गर्ने समय रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरणको बलियो योग रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।
धनु राशि हुनेहरूका लागी सूर्य सुख भावमा । बुध २२ गतेसम्म सुख भावमा, २२ गतेबाट २५ गतेसम्म पराक्रम भावमा र पुनह सुख भावमा । शुक्र ८ गतेसम्म सुख भावमा र ९ गतेबाट पराक्रम भावमा । बृहस्पति र शनि क्रमशः प्रतिस्पर्धा भावमा र पराक्रम भावमा, मङ्गल २४ गतेसम्म व्यापार भावमा र २५ गतेबाट कष्ट भावमा । राहु सुख भावमा र केतु राज्य भावमा गोचर गरिहरेका छन् ।
सुख भावमा महिनाभर सूर्य र राहुको प्रतिकुल प्रभावले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । घर जग्गा तथा रियल स्टेट सम्बन्धी काम गर्ने व्यापारीहरूका लागि समय मध्ययम रहेको छ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । छाती सम्बन्धी, श्वास प्रश्वास र मुटु सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनत गर्नुपर्नेछ । उच्च रक्तचाप, टाउको दुखाई, कोलस्ट्रोल, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । सवारी साधनमा बारम्बार आउने समस्याले दिग्दार बनाउनेछ । त्यस्तै महिनाको अन्तमा कष्ट भावमा मङ्गलको प्रतिकुल गोचरको कारण शरीरमा चोटपटक तथा यात्रा गर्दा दुर्घटना हुने प्रवल सम्भावना रहेको छ ध्यान दिनुहोला ।
तर पनि बुध, शुक्र, शनिको अनुकूल प्रभावले नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको उपस्थिति उत्साहजनक रहनेछ । निर्माण सामाग्री, अटो पार्टस् तथा कन्ट्रक्सनको क्षेत्रमा मनग्गे धन कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मुनाफा कमाउन सकिनेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा फैसला हुनेछन् । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा सफलता प्राप्त हुनेछ । परिवार, साथीभाइ तथा भाइबहिनीको सहयोग प्राप्त हुनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धनु राशि हुनेहरूका लागी वर्ष २०८१ आर्थिक दृष्टिकोणले राम्रो रहेपनि सामाजिक तथा स्वास्थ्यको दृष्टिकोणले मध्यम रहेको छ । वर्ष भरिनै ऋण,रोग तथा सत्र भावमा गोचर गर्ने बृहस्पतिले मुद्दा मामिला तथा विवादमा सहभागी भए हारिने सम्भावना रहेको छ भने न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरू तपाईँको पक्षमा नआउन सक्छ । जण्डिस,सुगर,मोटोपन,पत्थरी तथा मिर्गौला जस्ता रोगबाट पीडित हुनेहरूले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । पुराना काम रोकिने तथा उपलब्धि जोगाउन मुस्किल पर्नेछ । व्यापारमा मन्दी आउनाले आर्थिक क्रियाकलाप सुस्त रहनेछ । अध्ययनमा बाधा तथा शैक्षिक यात्रा रोकिनेछ । साझेदारी व्यवसायमा घटपट आउने तथा छुटपुट सम्म हुन सक्छ । भौतिक सम्पत्तिमा विवाद आउनुको साथै परिवारजन सँग टाढिएर लामो दुरीको कष्टकर यात्रा हुनेछ । व्यावहारिक समस्या बढ्नेछ भने ऋण,रोग तथा सङ्कटको सामना गर्नु पर्नेछ । बिधिबिधान पूर्वक काम नगर्दा राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्ने तथा दण्ड जरिवाना तिर्नुपर्नेछ ।
वर्ष भरिनै सुख भावमा गोचर गर्ने राहुले घरजग्गा तथा सवारी साधनको सम्बन्धी कार्यमा विवाद हुने योग रहेको छ । आफन्त तथा मातापिताको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । कृषि तथा पशुपालन व्यवसायमा मन्दी तथा घाटा लाग्नेछ । राजनीति तथा सामाजिक कार्यमा राम्रो काम गर्दागर्दै जनताको आलोचना सहनु पर्नेछ । कर्म भावमा वर्ष भरिनै गोचर गर्ने केतुले नोकरीमा समस्या सिर्जना हुने तथा दुर्गम स्थानमा स्थानान्तरण हुने प्रबल योग रहेको छ । थालेका कामहरू बिचमा नै अवरुद्ध हुँदा आर्थिक रूपमा कमजोर होइनेछ । आफ्ना कमजोरीहरू माथि आफन्त तथा साथीभाइले खेल्न खोज्ने हुँदा व्यावहारिक रूपमा समस्या पर्न सक्छ ।
तरपनि वर्षभरिनै पराक्रम भावमा शनिको गोचर शुभ रहनेछ । भौतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । राज्यसँग नजिक भई गरिने कामहरू जस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टा मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । विदेशी भाषा तथा विदेशी संस्कार संस्कृतिको अनुसरण गर्नेहरुका लागी समय उत्तम रहेको छ । बहुमूल्य धातु तथा सवारी साधन जोड्न सकिनेछ । दाजुभाइ तथा बन्धुबान्धबबाट भरपुर सहयोग पाईने तथा स्त्रि बर्गबाट सहयोग पाइनेछ ।
बुधले ज्येष्ठ ३१ गतेबाट असार १५ गतेसम्म र असोज ६ गतेबाट असोज २३ गतेसम्म केन्द्रमा भद्र नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने हुनाले यो समयमा लेखन कला साहित्यमा बाकी रहेको कामहरू फत्ते गर्न सकिनेछ । छोटो समयको लागी राज्यको कुनै पनि तह वा संवैधानिक अंगमा नियुक्तिको प्रशस्त सम्भावना रहेको छ । माघ १८ गतेबाट चैत्र ८ गतेसम्म शुक्रले केन्द्रमा मालब्य नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने हुनाले घरजग्गा सम्बन्धी कारोबारबाट केही मात्रामा लिन सकिनेछ । लामो दुरीको सांगितिक यात्राको योग रहेको छ भने गीत सङ्गीतको क्षेत्रमा काम गर्नेहरूका लागी यो समय उत्तम रहेको छ ।
राहु केतुको नकारात्मक प्रवाहबाट बच्नको लागी छिन्नमस्ता भगवती तथा बटुकभैरवको दर्शन पूजा गर्नहोला । मंगल र बृहस्पतीको नकारात्मक फल कम गर्नको लागी बंगलामूखि देवीको दर्शन तथा पूजा र गणेश भगवानको दर्शन गर्नुहोला । आर्थिक दृष्टिकोणले असोज, कार्तिक, ज्येष्ठ र फाल्गुन महिना उत्तम रहेको छ ।