बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय
वृष
वृष राशि इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
बुधबार, २३ माघ २०८१ को राशिफल

धार्मिक तथा सामाजिक काममा सक्रिय भई समय व्यतित गर्न सकिनेछ । आर्थिक अवस्था सुदृड बनाउन गरिएका पेशा व्यवसाय स्वस्फुर्त रुपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिने तथा केही रकम बचत गर्न सकिनेछ । पढाइ लेखाइमा अलिक बढी समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागेपनि सम्बन्ध प्रगाढ हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहररुका लागि दिन प्रभावकारी रहनेछ ।

समय राम्रो रहेकोले व्यापार तथा उद्योगबाट प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बन्नेछ । आर्थिक क्षेत्र तथा पुँजी बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ । तपाईँको लवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी भाषा तथा परराष्ट्र सम्बन्धी कामबाट मनग्गे आम्दानी हुनेछ । तरपनि गैह्रन्यायिक काम नगर्नुहोला दण्ड वा जरिवाना तिर्नुपर्ने हुनसक्छ ।

माघ २०८१ को राशिफल

वृष राशि हुनेहरूका लागी सूर्य भाग्य भावमा, बुध ९ गतेसम्म कष्ट भावमा र १० गतेबाट भाग्य भावमा, शुक्र १६ गतेसम्म राज्य भावमा र १७ गतेबाट लाभ भावमा, बृहस्पति र शनि क्रमशः राशिमा र कर्म भावमा, मङ्गल ९ गतेसम्म पराक्रम भावमा र १० गतेबाट धन भावमा, राहु लाभ लाभ र केतु विद्या भावमा गोचर गरिरहेका छन् ।

महिनाभर नै ग्रहरुको अनुकूल प्रभावले राजनीतिकर्मी तथा समाजसेवीहरूका लागी समयले साथ दिने हुनाले आफ्नो कामबाट सन्तुष्ट हुने वा पद प्राप्त हुने योग रहेको छ । सरकारी क्षेत्रका काम गर्नेहरूका लागी सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठुलाबडा तथा विशिष्ट व्याक्तिहरुको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । अध्यात्म तथा धर्मसँग सम्बन्धित व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । बृहस्पतिको अनुकूल प्रभावले स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पती आर्जन गर्न सकिनेछ । शेयर बजारमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ ।

शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । लामो  समय देखिको प्रेम सम्बन्धलाई अग्रज वा आफन्तको सल्लाहमा विवाहमा परिणत गर्न सकिनेछ । कन्स्ट्रक्सन, ठेक्कापट्टा, निर्माण सामाग्री, गाडी इन्जिन, खाद्यान्न तथा गर गहनाका व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राज्यको चौथाे अङ्गको भूमिका निभाउने पत्रकार, शेयर बजारमा ठुला लगानी कर्ता स्वादेशी वा विदेशी सामानको आयात निर्यात गर्ने उद्योगी व्यापारी, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।  

तरपनि १० गतेबाट धन वा कुटुम्ब भावमा मङ्गलको अशुभ गोचरले स्थायी धन तथा सम्पत्ति विवाद आउनेछ । सवारी साधन वा मानव निर्मित सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । कुटुम्ब वा आफन्तसँग लेनदेनको विषयमा विवाद हुनेछ । विद्या भावमा गोचर गर्ने केतुको प्रभावले पेटमा समस्या आउने र सन्तानसँग टाढिनु पर्दा मन खिन्न हुनेछ ।

२०८१ को राशिफल

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :  वृष राशि हुने व्याक्तिहरुका लागी यो वर्ष बृहस्पति, शनि र राहुको गोचर शुभ रहने हुनाले परिस्थिति अनुकूल बन्ने तथा भाग्यले साथ दिनेछ । स्कुल, कलेज तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने विद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने विवाह गरी घरजम गर्न सकिनेछ । जन्म कुण्डलीमा बृहस्पति बलियो अवस्थामा हुनेहरूका लागी तार्किक क्षमतामा वृद्धि हुने तथा धार्मिक कार्य र कल्याणकारीका काममा मन जानेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

लाभ भावमा गोचर गर्ने राहुको अनुकूल प्रभावले पैतृक धनसम्पती तथा प्राकृतिक स्रोत साधनको प्रयोगले आयस्रोत बलियो हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिई आफ्नो प्रस्तुति देखाउन देश विदेशको यात्रा गर्न सकिनेछ । वर्षभरिनै कर्म भावमा गोचर गर्ने शनिको अनुकूल प्रभावले समाजमा विशिष्ट तथा उच्च पदाधिकारीसँग घनिष्ठ सम्बन्ध बनाई राम्रा तथा परिणाममुखी काम गर्न सकिने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । सरकारी नोकरीमा प्रवेश, पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ। न्यालयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् भने लामो समय देखिको विवाद अन्य हुनेछ । कम्प्युटर पार्टस्, इलेक्ट्रीक सामान, इन्जिन, हार्डवयेर, फेक्ट्री, फार्मेसी तथा उत्पादन मुखी व्यवसाय विगत भन्दा फस्टाएर जानेछ । 

ज्येष्ठ २३ गतेबाट साउन ३१ गतेसम्म विदेश भावमा गोचर गर्ने मङ्गलले औषधी उपचार खर्च बढाए पनि अध्ययन वा कामको सवालमा विदेश यात्रा गर्नेहरुका लागी फलदायी रहनेछ । वैशाख ११ गतेसम्म लाभ भावमा, ज्येष्ठ ५ गतेबाट २९ गतेसम्म, असोज २ गतेबाट २६ गतेसम्म, माघ १७ गतेबाट चैत्र ८ गतेसम्म शुक्रको गोचर शुभ रहनाले बिलासी तथा महँगा सामान प्राप्तिको योग रहेको । धनसम्पत्तिमा आकस्मिक वृद्धि हुने तथा घर जग्गा र सवारी साधन जोड्न सकिनेछ ।

तर पनि केतुको प्रभावले शिक्षामा बाधा, परिवारजन तथा सन्तानलाई कष्ट र पेटसम्बन्धी समस्या आउन सक्छ । कृषि तथा पशुपालन व्यवसायमा क्षति हुनेछ । स्वास्थ्यका दृष्टिकोणका आधारमा वैशाख, जेठ, भदौ र पुस महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने आर्थिक साउन, कार्तिक, फागुन र चैत महिनामा विशेष लाभ हुने देखिन्छ ।