बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय
वृश्चिक
वृश्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु
बुधबार, २३ माघ २०८१ को राशिफल

कुनै पनि प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तसँगको भेटघाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेकोछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेकोछ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ ।

उपहार तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन् । शिक्षा क्षेत्र, निर्माण सामाग्री, शेयर बजारसँग सम्बन्धित क्षेत्रमा लगानी गरी मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने परिवारमा आत्मीयता झल्कनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुने समय रहेको छ । व्यापार फस्टाएर जाने हुनाले अर्थ सङ्ग्रह मनग्गे गर्न सकिनेछ । पुराना ऋण तथा समस्याहरू हल भएर जानेछ । मामा तथा मावली पक्षको सहयोगले राम्रा काम गर्न सकिनेछ । लामो दुरीको मनोरञ्जनात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । भौतिक बस्तु तथा बिलासी सामानको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राज्यको नजिक भई काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

माघ २०८१ को राशिफल

वृश्चिक राशि हुनेहरूका लागी सूर्य पराक्रम भावमा, बुध ९ गतेसम्म धन भावमा र १० गतेबाट पराक्रम भावमा, शुक्र १६ गतेसम्म सुख भावमा र १७ गतेबाट विद्या भावमा, बृहस्पति र शनि क्रमशः व्यापार भावमा र सुख भावमा, मङ्गल ९ गतेसम्म भाग्य र १० गतेबाट कष्ट भावमा, राहु विद्या भावमा र केतु लाभ भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा जीवन शैलीमा सुधार हुनुको साथै समयको महत्त्व बुझ्दा अगाडी बढ्न सहज हुनेछ । दाजुभाइ तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ भने अरूलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाइलो यात्राको तय हुनेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लामो दुरीको शैक्षिक तथा कर्म प्राप्तिको लागी यात्राको गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । साहसी क्रियाकलाप भाग लिई नाम कमाउन सकिनेछ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधीस, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागि समय फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीमा सन्तोषजनक नाफा हुनेछ ।  

अडैया शनिको प्रभाव महिनाभर नै रहने हुनाले जन्म कुण्डलीमा शनि कमजोर छ भने उच्च रक्तचाप, टाउको दुखाई, कोलेस्ट्रोल, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । घरजग्गा सम्बन्धी विवाद आउनेछ । आमाको स्वास्थ्यमा समस्या आउनेछ । सवारी साधनमा बारम्बार आउने समस्याले दिग्दार बनाउनेछ । त्यस्तै कष्ट भावमा मङ्गलको प्रतिकुल गोचरको कारण शरीरमा चोटपटक तथा यात्रा गर्दा दुर्घटना हुने प्रबल सम्भावना रहेको छ ध्यान दिनुहोला ।

२०८१ को राशिफल

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) वृश्चिक राशि हुने व्याक्तिहरुका लागी वर्ष २०८१ केही चुनौतीहरूको सामना गर्नु परेपनि वर्ष उल्लासमय र उपलब्धिमूलक मानिनेछ । बृहस्पति र केतुको शुभ प्रभावले राजनीति तथा कल्याणकारी काममा समय खर्चिनेहरूले सम्मानजनक पद प्राप्त गर्नेछन् भने मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । भाग्यले साथ दिने हुनाले सानो प्रयत्नले ठुलो काम बन्नेछ । व्यापार व्यवसायमा समय लगानी गर्नेहरूले स्थापित हुने तथा प्रशस्त रुपैयाँ पैसा कमाउन सक्नेछन् भने लगानी बढाउने अवसर जुट्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रका प्रगति हुनेछ भने बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । घर जग्गा तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । नयाँ कामको खोजीमा रहेकाहरूले नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुनेछ । माया प्रेमको सम्बन्ध विवाहमा परिणत हुनेछ भने जीवन साथीको सहयोगले विशेष काम गर्ने अवसर प्राप्त हुनेछ । लाभ भावमा वर्ष भरिने गोचर गर्ने केतुको शुभ प्रभावले प्राकृतिक स्रोत साधन तथा पैतृक सम्पत्तिको प्रयोग गरी लाभ लिन सकिनेछ । लामो समय देखि रोकिएका कामहरू केही समयमा नै फत्ते गर्न सकिनेछ । आइटी वा टेक्नोलोजीको प्रयोग मार्फत आम्दानीका स्रोत बढाउन सकिनेछ । श्रम र सिपको मूल्याङ्कन हुनाले स्वदेशमा बसेर आफ्नो क्षमता देखाउन सकिनेछ । 
राशि स्वामी मङ्गल जेठ २२ देखी असार ३१ गतेसम्म प्रतिस्पर्धा भावमा गोचर गर्ने हुनाले नोकरीमा प्रवेश वा पदोन्नतिको बलियो योग रहेको छ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । पुराना ऋण, रोग तथा शत्रुबाट छुटकारा पाइनेछ । ज्येष्ठ ५ गतेबाट ज्येष्ठ २९ गतेसम्म केन्द्रमा गोचर गरी शुक्रले मालव्य नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने हुनाले साङ्गीतिक क्षेत्रमा वा मनोरञ्जनात्मक क्षेत्रमा समय लगानी गर्नेहरूले मनग्गे रुपैयाँ पैसा सङ्ग्रह गर्न सकिने र लामो दुरीको साङ्गीतिक यात्राको प्रशस्त सम्भावना  रहेको छ ।

 
वर्षभरि नै शनिको अडैया दशाको प्रभावले शत्रु बढ्ने तथा रोग लाग्ने समय रहेको छ । यात्राका सवालमा केही कष्ट बेहोर्नु पर्नेछ भने स्थानान्तरणको अधिक सम्भावना रहेको छ । आम्दानीमा कमी हुने तथा आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रवाह गर्नेहरूले अनावश्यक दुःख दिनेछन् भने राज्यको मेकानिजम भित्र बसेर काम गर्दै हुनुहुन्छ धने आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । आमाको स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ । जन्मथलो छोडेर लामो दुरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न । तर जन्म कुण्डलीमा शनि उच्च, स्वागृह तथा ३,६ ११ भावमा भए शनिको अढैयाबाट राम्रो फल प्राप्त हुनेछ । सन्तान वा शिक्षा भावमा राहुको गोचरले सन्तानसँग मतभेद हुने वा सन्तान देश छोडेर विदेश जाने हुनाले मनमा चिन्ता बढ्नेछ । दीर्घ रोगी वा पेटमा समस्या बढ्ने हुनाले विशेष ख्याल गर्नुहोला । कार्तिक १० गतेबाट माघ ९ गतेसम्म मंगलको प्रतिकुल गोचरको कारणले अशान्ति, कलह तथा चोटपटकको योग बन्नेछ । 
शनि कमजोर हुनेहरुले वा अडैया शनिको प्रभावबाट बच्नको लागी आफ्नो ईष्टदेवता, काली भगवतीको पूजा, शनि मुद्रिका धारण, शनिस्त्रोत्रपाठ, पीपलमा जल चढाउने, र रत्नको प्रयोगका साथै ज्योतिषको सल्लाह अनुसार उपाएहरुको अनुशरण गर्नुपर्नेछ । आर्थिक दृष्टिकोणले बैसाख, भदौ, असोज, माघ महिना उत्तम रहेको छ ।