केन्द्रीय संस्करण

हाम्रो बारेमा

  हाम्रो टीम

 

  हाम्रो बारे

अध्यक्ष
विजया शर्मा

संस्थापक प्रधानसम्पादक 
ओम शर्मा

प्रधानसम्पादक
जिवेन्द्र सिम्खडा

कार्यकारी सम्पादक
चन्द्र खाकी

समाचार प्रमुख
विधान श्रेष्ठ

डेस्क प्रमुख
राजकुमार सिग्देल

रिर्पोटिङ प्रमुख
फणिन्द्र नेपाल

डेस्क
सरिता कार्की
रङ्गलाल रिमाल
सुजन पन्त
प्रतिक्षा भट्ट

वरिष्ठ संवाददाता
एसके यादव
राजेश भण्डारी
शम्भु दंगाल
मदन ढुङ्गाना
कुवेर गिरी
बबिता शर्मा
एलिजा उप्रेती
अञ्जु तामाङ

संवाददाता
श्रवण उप्रेती
सुनिता न्यौपाने
लोकेन्द्र भट्ट

फोटोपत्रकार
कृष्ण खड्का
सुवास श्रेष्ठ

रातोपाटी टिभी विभाग
टुना भट्ट (संयोजक)
रोहित दाहाल
कुवेर पाठक
डिपी भण्डारी
उमानाथ पोखरेल

मल्टिमिडिया
रितेश ज्यापु

प्रदेश २
किरण कुमार कर्ण (संयोजक)
सञ्जय मिश्रा
रामभरोसी यादव
निकेश खनाल
अमित अग्रवाल

प्रदेश ३
हेमराज ढकाल

प्रदेश ५
तेजेन्द्र केसी (संयोजक)
प्रेम सुनार(विशेष प्रतिनिधि)
रिया बस्नेत

प्रदेश ७
टंक कुँवर

बजार व्यवस्थापन 
अर्जुन पन्त (प्रमुख)
वर्षा श्रेष्ठ 

 

रिसेप्सन
मेलिना श्रेष्ठ

                                                

 

 हामी के हौं ?

 रातोपाटी डटकम डिस्कवरी न्युज नेटवर्कद्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण समाचार पोर्टल हो । यो विश्वभर रहेका सबै नेपालीको हो र नेपाली भाषाको सबैभन्दा राम्रो समाचार पोर्टलसमेत हो ।

 नेपाली जनताको दशकौंदेखिको संघर्ष र त्याग तथा नेपाल आमाका हजारौं सर्वोत्तम छोराछोरीको बलिदानको बदलामा हामीले संघीय लोकतान्त्रिक गणतन्त्र पाएका छौँ । यो युगीन परिवर्तनको रक्षा र नेपाली नागरिकको भलोका पक्षमा अहोरात्र पहरेदारी गर्न हामी प्रतिबध्द छौं ।

 राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा हामी अग्रमोर्चामा अविचलित छौँ । राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भाव संवर्ध्दनप्रति हामी समर्पित छौं ।

 राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरुमा विशेष केन्द्रित रातोपाटी डटकममा छिनछिनका ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु पोष्ट हुन्छन् । त्यसैगरी, विश्वभर छरिएर रहेको नेपाली ‘डायोस्परा’का हालखबर र अन्तर्राष्ट्रिय समाचार पनि पोस्ट हुन्छन् ।

डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्यदृश्यको माध्यमबाट हामी वर्तमानको अभिलेख राख्छौँ । संघीय स्वरुपको पहिलो समाचार पोर्टल पनि हो रातोपाटी डटकम, जसमा सातै प्रदेशको समाचार प्राथमिकताका साथ प्रकाशित हुन्छ ।

 हामी के गर्छौं ?

रातोपाटी डटकम सुन्दर नेपाललाई शान्त, सभ्य र समृद्धसमेत बनाउन अनि हँसिलो जाति नेपालीको जीवनमा खुशीयाली थप्न चाहन्छ ।

जनमानसमा सामान्यतया के छाप छ भने पत्रकारहरु नराम्रा विषयका, बेथितिका, भ्रष्टाचारका, बिग्रेका, भत्केका, मरेका, लथालिंग र भताभुंग भएका मात्र समाचार लेख्छन्, राम्रो कामको समाचार नै लेख्दैनन् । तर रातोपाटी डटकमले त्यसोमात्र गर्दैन । हामी राम्रो काम गर्न खोज्नेलाई शुभ साइतको रातो टीका लगाइदिन्छौं । राम्रो काम सफलतापूर्वक सम्पन्न गर्नेलाई विजयको रातो अविर लगाइदिन्छौं । हो, कसैले नराम्रो काम गर्छ वा समाजमा नराम्रा घटना भएका छन् भने हामी बिना हिच्किचाहट रातो चिन्ह पनि लगाइदिन्छौं ।

प्रलोभनमा परेर नराम्रोलाई राम्रो र पूर्वाग्रह राखेर राम्रोलाई नराम्रो भन्दैनौं हामी । जो कसैले गरेको भएपनि राम्रो कामलाई राम्रो भन्छौं अनि जो कसैले गरेको किन नहोस्, नराम्रो काम छ भने नराम्रो नै भन्छौं । पेशाप्रतिको निष्ठाका कारण जे, जे हो त्यो भन्ने नैतिक बल हामीसँग छ ।    

हामी हेक्का राख्छौं, नागरिकको पनि कर्तव्य हुन्छ र राष्ट्रप्रमुखको पनि अधिकार हुन्छ । हाम्रो मुख्य दायित्व भने आवाजहीन आमनागरिकको हक-अधिकारको रक्षा गर्नु र सार्वजनिक ओहोदाधारी वडा सदस्यदेखि प्रधानमन्त्री एवम् राष्ट्रपतिसम्मलाई आआफ्नो कर्तव्यप्रति सजग, सक्रिय र जिम्मेवार तुल्याउनु हो ।  नागरिकले तिरेको करबाट पालिएका जङ्गी हुन् कि निजामती कर्मचारी, आआफ्नो कर्तव्य र जिम्मेवारीमा- मुलुकको सुरक्षा गर्न, समाजमा अमनचयन राख्न, नागरिकलाई सेवा प्रदान गर्न, विकास निर्माण तीब्र पार्न- इमान र लगनका साथ क्रियाशील हुन नचुकुन् भन्ने हाम्रो अभिप्राय हुनेछ ।  

निजी क्षेत्रका गतिविधिमाथि पनि हामी निरन्तर निगरानी गर्छौं । भुइंफुट्टा वर्गको ज्यादतीबाट भुइँमान्छेलाई जोगाउनु हाम्रो अहिलेको चुनौतीपूर्ण जिम्मेवारी हो ।

पत्रकारिताको प्रमुख हतियार हो प्रश्न । हामी पनि प्रश्न गरेरै जुनसुकै घटना र विषयमा के, कहाँ, कहिले, किन, कसरी र कस्तोको सांगोपांगो जवाफ खोज्छौं । के भयो मात्र हैन, तिनको पृष्ठभूमि र तिनबारे विश्लेषण प्रस्तुत गरी अब के हुँदैछ भन्ने आँकलन पनि गर्छौं हामी ।    

त्यसैले पत्रकारिताको सर्वमान्य चरित्र अर्थात् तथ्यपूर्ण, सन्तुलित र विश्वसनीयताको कसीमा हामी उम्दा ठहरिन सकेका छौं ।

 हामी को हौं ?

विजया शर्मा रातोपाटी डटकमको सञ्चालक संस्था डिस्कवरी न्युज नेटवर्ककी अध्यक्ष हुन् ।

रातोपाटी डटकम पत्रकार ओम शर्माको नेतृत्त्वमा २७ जेठ २०७० देखि सुरु भएको हो । शर्मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको आन्दोलनमा निर्दलीय पञ्चायती कालदेखि सक्रिय र जनयुद्धमा समेत सरिक पत्रकार हुन् ।

रातोपाटी डटकमका प्रधान सम्पादकको जिम्मेवारीमा २२ साउन, २०७५ देखि जिवेन्द्र सिम्खडा छन् । राजधानी र अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका पूर्व सम्पादक समेत रहिसकेका सिम्खडा विगत अढाई दशकदेखि व्यावसायिक पत्रकारितामा क्रियाशील पत्रकार हुन् ।

चन्द्र खाकी १ मङ्सिर, २०७५ देखि रातोपाटी डटकमको कार्यकारी सम्पादकको भूमिकामा छन् । तीन दशकदेखि लुम्बिनी दैनिक, मूल्याङ्कन मासिक, नवयुवा, नौलो प्रतीक, नयाँ कोशीलगायत पत्रपत्रिकामा काम गरेको अनुभव सँगालेका खाकी खाँटी श्रमजीवी पत्रकार हुन् । 

विधान श्रेष्ठ,  राजकुमार सिग्देल, सरिता कार्की, सुजन पन्त स्थापनाकालदेखि रातोपाटी डटकममा संलग्न पत्रकारहरु हुन् ।  श्रेष्ठ समाचार प्रमुख र सिग्देल डेस्क प्रमुखको जिम्मेवारीमा छन् ।

फणिन्द्र नेपाल रिपोर्टिङ प्रमुखको जिम्मेवारीमा छन् ।

रातोपाटी डटकमको सम्पादकीय विभागमा एसके यादव, राजेश भण्डारी, मोहन दाहाल, शम्भु दङ्गाल, मदन ढुङ्गाना, अञ्जु तामाङ, कुवेर गिरी, रङ्गलाल रिमाल, बबिता शर्मा, एलिजा उप्रेती, श्रवण उप्रेती, लोकेन्द्र भट्ट, प्रतीक्षा भट्ट र सुनिता न्यौपाने आबद्ध छन् । कृष्ण खड्का र सुभाष श्रेष्ठ रातोपाटी डटकमका फोटो पत्रकार हुन् । 

टुना भट्ट रातोपाटी अनलाइन टीभी संयोजक हुन् । रातोपाटी स्टुडियोबाट रोहित दाहालले ‘वारपार’ र कुवेर पाठकले ‘द भ्यू’ टक सो सञ्चालन गर्छन् भने डीपी भण्डारीले ‘जन्मकुण्डली’ विश्लेषण गर्छन् । रातोपाटीको मल्टीमिडिया रितेश ज्यापूले हेर्छन् ।

रातोपाटी डटकमको स्थापना कालदेखि नै संलग्न अर्जुन पन्त मार्केटिङ एक्जेक्युटिभ हुन् । मेलिना श्रेष्ठ, वर्षा श्रेष्ठ रातोपाटी परिवारका सदस्य हुन् ।

पत्रकारहरु कमलेश डिसी, ध्रुव अधिकारी, नेत्र पन्थी, ध्रुवसत्य परियार, कुसुम भट्टराई, कला अनुरागी, दीपशिखा, दीपेश शाही, विमल श्रेष्ठ, अशोक दुलाल, गोकर्ण लामिछाने, वसन्त खड्का, लक्ष्मी श्रेष्ठ, भरत पाण्डेय,  सुदीप विश्वकर्मा, आस्था केसी, किरण ढकाल, युवराज पन्त, फातिमा बानु, नरेश ज्ञवाली, रमण पौडेल, अर्जुन शर्मा, दीपेन्द्र राई, लिलु डुम्रे, बिजु महर्जन, शंकर पन्त, पवन पन्त, प्रकाश राई, अन्वेषण अधिकारी, लोकराज जैसी, रमेश रावल, मिङमार ग्याल्पो, सञ्जीव दाहाल, कृष्ण गिरी, अमिर कट्टेल पनि विभिन्न कालखण्डमा रातोपाटी डटकममा आबद्ध थिए ।

रातोपाटी डटकमको प्रदेश २ को संयोजक पत्रकार किरणकुमार कर्ण हुन् । त्यस्तै, प्रदेश ५ का संयोजक तेजेन्द्र केसी र विशेष प्रतिनिधि प्रेम सुनार रहेका छन् ।

रातोपाटी डटकम लोकप्रियताको यो उचाइमा पुग्नुमा सयौं लेखक/ विचारकहरुको महत्त्वपूर्ण योगदान छ ।

विश्वभर रहेका लाखौं लाख पाठक रातोपाटी डटकमका मेरुदण्ड हुन् । 

हामी के चाहन्छौं ?

तपाईं विश्वको जुनसुकै ठाउँबाट सिधै www.ratopati.com लगइन गरेर वा ट्वीटर, फेसबुक, युट्युवलगायतका सामाजिक सञ्जालबाट समेत हामीसँग जोडिन सक्नुहुन्छ । नेपालकै पहिलो अनलाइन न्युज टेलिभिजन 'रातोपाटी अनलाइन टीभी'मार्फत् पनि हाम्रा समाचार वा अन्य प्रस्तुति हेर्न सक्नुहुन्छ ।

तपाईं पनि सूचना, तस्वीर, भिडियो, अडियो दिएर, विचार वा प्रतिक्रिया व्यक्त गरेर रातोपाटी परिवारमा सामेल हुन सक्नुहुनेछ । तर, रातोपाटी डटकममा पठाउन चाहेको कुनै पनि सामग्री जुटाउनका लागि कानून उल्लंघन भने नगर्नु होला ।

राष्ट्रिय एकतामा खलल पुग्ने, साम्प्रदायिक, जातीय र धार्मिक सद्भावना बिथोलिने, गैह्रकानुनी, मिथ्या आरोप र गालीगलौजपूर्ण, अश्लील, कसैको बेइज्जती वा मानहानी हुने खालका र दुष्प्रचार गर्ने नियतले कुनै पनि सामग्री रातोपाटी डटकममा नपठाउनु होला ।  

तपाईंले रातोपाटी डटकममा गर्ने कमेन्ट वा पठाउने सामग्री मौलिक, सत्य तथ्यमा आधारित, सृजनात्मक र शिष्ट हुनुपर्छ । नक्कली परिचय दिएर वा अश्लील वा अपमानजनक युजर नेमहरूको प्रयोग नगर्नु होला । एउटा सामग्री धेरै पल्ट वा उस्तै सामग्री बारम्बार वा कुनै छलफलमा विषय बाहिरका सामग्री पनि नपठाउनु होला ।

यो वेबसाइटमा भएका सामग्रीका सम्पूर्ण कपीराइट, ट्रेडमार्क, डिजाइनको अधिकार, पेटेन्ट र अन्य बौद्धिक सम्पत्तिमाथिको अधिकार रातोपाटी डटकम र यसबाट अनुमति प्राप्त निकाय वा संस्थाहरूमा निहित रहेकाले यसका सामग्री कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्नुअघि अनुमति लिनु होला ।

गैरव्यापारिक निजी प्रयोजनमा बाहेक रातोपाटी डटकमको सामग्री नक्कल गर्न, तोडमोड गरेर वा हुबहु फेरि प्रकाशित गर्न अथवा डाउनलोड गर्न, पोष्ट गर्न, प्रसारण गर्न वा अन्य कुनैपनि गैह्रकानुनी कार्य गर्न पाईदैन । रातोपाटी डटकमको पूर्व स्वीकृति बिना ती कार्य गरिएमा नेपालको र अन्तर्राष्ट्रिय कपिराइट कानुन वा अन्य कानुनबमोजिम कारबाहीको भागिदार हुनुपर्नेछ । 

तपाईं रातोपाटी डटकमका नियम र शर्तहरू पालना गर्न तयार हुनुहुन्न भने यो वेबसाइट एक्सेस गर्ने, प्रयोग गर्ने वा यसमा आफ्ना कुराहरू पठाउने कष्ट नगर्नुहोला ।

हाम्रो विश्वास के छ भने तपाईं एक अनुशासित नागरिकका रुपमा हामीसँग सदा जोडिइरहनु हुनेछ ।

सबैको र सबैभन्दा राम्रो नेपाली समाचार पोर्टल रातोपाटी डटकममा तपाईंलाई हार्दिक स्वागत छ ।