बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

मोहनविक्रम सिंहका विचारहरु

माघ २ : राष्ट्रिय भूकम्प सुरक्षा दिवस

माघ २ गते, राष्ट्रिय भूकम्प सुरक्षा दिवस। विसं १९९० मा आजैको दिन महाभूकम्प गएको थियो। भारतीय र युरोसिएन प्लेटको घर्षणबाट बनेको हिमालको काखमा रहेको हाम्रो मुलुकमा त्यसअघि पनि र त्यसपछि पनि पटक पटक भूकम्प गएर जन धनको क्षति भएको पाइन्छ। धर्तीभित्रको हलचलका कारण आउने भूकम्प त रोक्न सकिने कुरा भएन, तर धर्तीमाथि हामीले भूकम्प प्रतिरोधी भौतिक संरचनाहरु बनायौं भने त्यसबाट हुने क्षति भने न्यून गराउन सकिन्छ। त्यहिभएर जनमानसमा सचेतना जगाउन विसं २०५५ देखि राज्यबाटै यो दिन राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो। यो दिवस मनाउन किन आवश्यक छ भन्ने हामीलाई विसं २०७२ मा गएको विनाशकारी भूकम्पले दिइ सकेको छ। अब फेरि त्यस्तो प्राकृतिक महाविपत्ति आइपर्दा कसरी सुरक्षित रहने त ? यसको जवाफ खोज्न आज रातोपाटीले बिशेष सामग्री पस्कने जमर्को गरेका छौं।

डाउनलोड गर्नुहोस्: