शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय
प्रतिश जिसी

प्रतिश जिसी

नेपाल
  • Full Name: प्रतिश जिसी
  • Nationality: नेपाल
  • Date of Bith: 2004-05-22 (20 years)
  • Position: अलराउण्डर

प्रतिश जिसी नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलिङ अलराउन्डर हुन् । उनी दायाँहाते ब्याट्सम्यान हुन् भने बलिङ बायाँ हातले गर्छन् । प्रतिशले सिनियर राष्ट्रिय टोलीबाट भने धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् । १९ वर्षीय प्रतिश नवौँ टी–२० विश्वकप सुरु हुनुअघि नै २०औँ वर्षमा प्रवेश गर्नेछन् ।

प्रतिशले देशका लागि हालसम्म तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय र १० वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको तीन पालीमा उनले दुई विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन ३७ रन खर्चिएर एक विकेट हो ।

यी युवा खेलाडीले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको १० पालीमा आठ विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन केवल १३ रन खर्चिएर तीन विकेट हो । यसका अतिरिक्त उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक पाली ब्याटिङ गर्दै अविजित ११ रन बनाएका छन् । 

एकदिवसीय अन्तर्राष्ट्रियमा उनले एउटा क्याच पनि लिएका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा पाँच पाली ब्याटिङ गर्दै कुल सात रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उनले दुईवटा क्याच लिएका छन् । 

  • टी–२० अन्तर्राष्ट्रियमा डेब्यू

प्रतिश जिसीले सन् २)२३ को अक्टोबर २१ तारिखमा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा खेलिएको हङ्कङविरुद्धको आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले चार ओभरमा ३० रन खर्चिएर एक विकेट लिएका थिए । त्रिकोणात्मक टी–२० शृंखला अन्तर्गतको त्यो खेलमा नेपाल ७९ रनले विजयी भएको थियो ।

यसैगरी प्रतिस जिसीले आफ्नो अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल भने सन् २०२४ को अप्रिल १७ तारिखमा खेलेका थिए । ओमानमा सम्पन्न एसीसी प्रिमियर कपअन्तर्गतको साउदी अरेबियाविरुद्धको त्यो खेलमा उनले एक ओभरमा १० रन खर्चिएर एक विकेट लिएका थिए । त्यो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । 

  • लिस्ट ‘ए’ र टी–२०

प्रतिश जिसीले हालसम्म पाँचवटा लिस्ट ‘ए’ प्रतियोगिता खेलेका छन् । लिस्ट ‘ए’ प्रतियोगितामा उनले दुई विकेट लिएका छन् । लिस्ट ‘ए’ प्रतियोगिताको तीन पालीमा उनले कुल ४५ रन पनि बनाएका छन् । उनले एउटा क्याच पनि लिएका छन् ।

यसैगरी प्रतिश जिसीले हालसम्म १२ वटा टी–२० प्रतियोगिता पनि खेलेका छन् । उनले टी–२० प्रतियोगितामा कुल नौ विकेट लिएका छन् । टी–२० प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन १३ रन खर्चिएर तीन विकेट हो । टी–२० क्रिकेटमा उनले कुल १२ रन बनाएका छन् भने दुईवटा क्याच पनि लिएका छन् । पछिल्लो प्रदर्शन

प्रतिश जिसीले नवौँ टी–२० विश्वकप यात्रामा निस्कनुअघि घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृंखला खेलेका थिए । वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा उनले अविजित पाँच रन बनाएका थिए भने विकेट लिन सकेका थिएनन् ।

यसैगरी वेस्ट इन्डिजविरुद्धको चौथो खेलमा प्रतिश जिसीले ४३ रन खर्चिएर एक विकेट लिएका थिए । वेस्ट इन्डिजविरुद्धको पाँचौँ तथा अन्तिम खेलमा भने उनले विकेट लिन सकेका थिएनन् । त्यसअघि उनले ओमानमा सम्पन्न एसीसी प्रिमियर कपको साउदी अरेबियाविरुद्धको खेलमा १० रन खर्चिएर एक विकेट हात पारेका थिए ।

त्यसअघि हङ्कङमा सम्पन्न त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत सन् २०२४ को मार्च १३ तारिखमा खेलिएको पपुवा न्यू गिनी (पीएनजी)विरुद्धको खेलमा ४० रन खर्चिएर दुई विकेट लिएका थिए । सोही शृङ्खलाको हङ्कङविरुद्धको खेलमा पनि उनले २९ रन खर्चिएर एक विकेट हात पारेका थिए । 

अन्य खेलाडी