शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

श्रीलंकाले पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा निरन्तर सहभागिता जनाउँदै आएको छ । टी–२० विश्वकपमा श्रीलंकाको यो नवौँ सहभागिता हो । श्रीलंकाले हालसम्म एकपटक टी–२० विश्वकपको उपाधि चुमेको छ । 

श्रीलंकाले सन् २०१४ मा सम्पन्न पाँचौँ संस्करणको उपाधि जितेको थियो । त्यतिबेला श्रीलंकाली टोलीले फाइनलमा भारतलाई ६ विकेटले हराएको थियो । यसदेखि बाहेक पनि श्रीलंकाली टोली दुईपटक टी–२० विश्वकपको फाइनलमा पुगेको थियो ।

सन् २००९ मा सम्पन्न दोस्रो संस्करणमा श्रीलंका फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा श्रीलंकालाई पाकिस्तानले आठ विकेटले हराएको थियो । त्यसपछि सन् २०१२ मा पनि फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा श्रीलंकालाई वेस्ट इन्डिजले ३६ रनले हराएको थियो ।

टी–२० विश्वकपमा श्रीलंकाली टोलीले हालसम्म कुल ५१ खेल खेलिसकेको छ । त्यसमध्ये ३१ खेलमा श्रीलंकाली टोली विजयी भएको छ । १९ खेलमा भने श्रीलंकाली टोलीले पराजय भोगेको छ । श्रीलंकाको एक खेल भने बराबरीमा सकिएको थियो ।

टी–२० विश्वकप सहभागिता : पहिलो संस्करण सन् २००७, दोस्रो संस्करण सन् २००९, तेस्रो संस्करण सन् २०१०, चौथो संस्करण सन् २०१२, पाँचौँ संस्करण सन् २०१४, छैटौँ संस्करण सन् २०१६, सातौँ संस्करण सन् २०२१, आठौँ संस्करण सन् २०२२ र नवौँ संस्करण सन् २०२४ 

श्रीलंकाको टोली : वानिन्दु हसरंगा (कप्तान), चरिथ असालंका, कुशल मेन्डिस, पाथुम निसानका, कामिन्दु मेन्डिस, सदिरा सामराबिक्रमा, एन्जेलो म्याथ्युज, दासुन सानका, धनन्जय डा सिल्भा, महिस थिक्सना, दुनिथ वेलालागे, दुसमन्था चामिरा, माथिसा पाथिराना, नुवान थुसरा र दिल्सान मदुसानका ।

नवौँ विश्वकपमा श्रीलंका : समूह ‘डी’ श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्स र नेपाल ।

जुन ३ : श्रीलंकाविरुद्ध दक्षिण अफ्रिका

जुन ७ : श्रीलंकाविरुद्ध बंगलादेश

जुन ११ : श्रीलंकाविरुद्ध नेपाल

जुन १६ : श्रीलंकाविरुद्ध नेदरल्यान्ड्स 

खेल तालिका

श्रीलंका श्रीलंका
७७/१० (१९.१ overs)
VS
दक्षिण अफ्रिका दक्षिण अफ्रिका
८०/४ (१६.२ overs)
win
नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम, न्यूयोर्क
समूह चरण
दक्षिण अफ्रिका ६ विकेटले विजयी
श्रीलंका श्रीलंका
१२४/९ (२० overs)
VS
बंगलादेश बंगलादेश
१२५/८ (१९ overs)
win
ग्रान्ड प्रेरी स्टेडियम, टेक्सास
समूह चरण
बंगलादेश २ विकेटले विजयी
श्रीलंका श्रीलंका
VS
नेपाल नेपाल
सेन्ट्रल ब्रोवार्ड पार्क एन्ड ब्रोवार्ड काउन्टी स्टेडियम, फ्लोरिडा
समूह चरण
वर्षाका कारण खेल रद्द
श्रीलंका श्रीलंका
२०१/६ (२० overs)
win
VS
नेदरल्यान्ड्स नेदरल्यान्ड्स
११८/१० (१६.४ overs)
ड्यारेन सामी क्रिकेट स्टेडियम, सेन्ट लुसिया
समूह चरण
श्रीलंका ८३ रनले विजयी