सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

न्युजिल्यान्डले सन् १९९८ मा सम्पन्न पहिलो संस्करणदेखि नै आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा सहभागिता जनाउँदै आएको छ । त्यसैले आईसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डको यो नवौँ सहभागिता हो ।

न्युजिल्यान्डले हालसम्म एकपटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । न्युजिल्यान्डले सन् २००० केन्यामा आयोजित दोस्रो संस्करणको फाइनलमा बलियो प्रतिद्वन्द्वी भारतलाई चार विकेटले हराउँदै उपाधि चुमेको थियो । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा आयोजित सिनियर स्तरको ठुला प्रतियोगिताहरूमा न्युजिल्यान्डले जितेको यो एकमात्र उपाधि पनि हो । त्यति बेला न्युजिल्यान्डको टोलीका कप्तान थिए, स्टिफन फ्लेमिङ । 

न्युजिल्यान्डको टोलीमा नाथन एस्टल, क्रिस क्रेन्स, क्रेग म्याकमिलन, क्रिस ह्यारिस, एडम परोरे, स्कट स्टाइरिस लगायतका प्रभावशाली खेलाडी थिए । फाइनल खेलमा न्युजिल्यान्डलाई जित दिलाउन क्रिस क्रेन्सले अविजित एक सय दुई रनको योगदान गरेका थिए । 

यसदेखि बाहेक न्युजिल्यान्ड सन् २००९ मा सम्पन्न छैटौँ संस्करणमा पनि फाइनलसम्म पुगेको थियो । त्यति बेला न्युजिल्यान्डको टोली फाइनलमा बलियो छिमेकी प्रतिद्वन्द्वी अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको थियो । 

  • न्युजिल्यान्डको सहभागिता ः सन् १९९८, सन् २०००, सन् २००२, सन् २००४, सन् २००६, सन् २००९, सन् २०१३, सन् २०१७ र सन् २०२५ । 
  • सबैभन्दा ठुलो उपलब्धि : सन् २००० मा आयोजित दोस्रो संस्करणको विजेता । 

 

खेल तालिका

न्युजिल्याण्ड न्युजिल्याण्ड
७५/१० (१५.२ overs)
VS
अफगानिस्तान अफगानिस्तान
१५९/६ (२० overs)
win
प्रोभिडेन्स स्टेडियम, गुयना
समूह चरण
अफगानिस्तान ८४ रनले विजयी
वेस्ट इन्डिज वेस्ट इन्डिज
१४९/९ (२० overs)
win
VS
न्युजिल्याण्ड न्युजिल्याण्ड
१३६/९ (२० overs)
ब्रायन लारा क्रिकेट एकेडेमी, ट्रिनिडाड एन्ड टोबागो
समूह चरण
वेस्ट इन्डिज १३ रनले विजयी
न्युजिल्याण्ड न्युजिल्याण्ड
४१/१ (५.२ overs)
win
VS
युगान्डा युगान्डा
४०/१० (१८.४ overs)
ब्रायन लारा क्रिकेट एकेडेमी, ट्रिनिडाड एन्ड टोबागो
समूह चरण
न्युजिल्याण्ड ९ विकेटले विजयी
न्युजिल्याण्ड न्युजिल्याण्ड
७९/३ (१२.२ overs)
win
VS
पपुवा न्युगिनी पपुवा न्युगिनी
७८/१० (१९.४ overs)
ब्रायन लारा क्रिकेट एकेडेमी, ट्रिनिडाड एन्ड टोबागो
समूह चरण
न्युजिल्याण्ड ७ विकेटले विजयी