शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानले पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । टी–२० विश्वकपमा पाकिस्तानको यो नवौँ सहभागिता हो । पाकिस्तानले हालसम्म एकपटक टी–२० विश्वकपको उपाधि जितेको छ ।

पाकिस्तानले सन् २००९ मा सम्पन्न टी–२० विश्वकपको दोस्रो संस्करणको उपाधि चुमेको थियो । त्यतिबेला फाइनलमा पाकिस्तानले श्रीलंकालाई आठ विकेटले पराजित गरेको थियो । यसदेखि वाहेक पनि पाकिस्तान दुईपटक टी–२० विश्वकपको फाइनलमा पुगेको थियो ।

पाकिस्तान सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा पाकिस्तानलाई चिर प्रतिद्वन्द्वी भारतले पाँच रनले हराएको थियो । त्यसपछि सन् २०२२ मा सम्पन्न टी–२० विश्वकपको फाइनलमा इङ्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो ।

पाकिस्तानले हालसम्म टी–२० विश्वकपमा कुल ४७ खेल खेलिसकेको छ । त्यसमध्ये २८ खेलमा पाकिस्तानी टोली विजयी भएको छ । १८ खेलमा भने पाकिस्तानी टोली पराजित भएको छ । पाकिस्तानको एक खेल भने बराबरीमा सकिएको छ ।

टी–२० विश्वकप सहभागिता : पहिलो संस्करण सन् २००७, दोस्रो संस्करण सन् २००९, तेस्रो संस्करण सन् २०१०, चौथो संस्करण सन् २०१२, पाँचौँ संस्करण सन् २०१४, छैटौँ संस्करण सन् २०१६, सातौँ संस्करण सन् २०२१, आठौँ संस्करण सन् २०२२ र नवौँ संस्करण सन् २०२४

पाकिस्तानको टोली ः बाबर आजम (कप्तान), अबरार अहमद, अजाम खान, फाखर जामन, ह्यारिस रौफ, ईफ्तिखार अहमद, ईमाद वसिम, मोहम्मद अब्बास अफ्रिदी, मोहम्मद अमिर, मोहम्मद रिजवान, नसिम शाह, सइम अयुब, सदाब खान, साहिन शाह अफ्रिदी र उसमान खान ।

नवौँ विश्वकपमा पाकिस्तान : समूह ‘ए’ पाकिस्तान, भारत, क्यानडा, आयरल्यान्ड र अमेरिका ।

खेल तालिका

अमेरिका अमेरिका
१५९/३ (२० overs)
win
VS
पाकिस्तान पाकिस्तान
१५९/७ (२० overs)
ग्रान्ड प्रेरी स्टेडियम, टेक्सास
समूह चरण
अमेरिका सुपर ओभरमा विजयी
भारत भारत
११९/१० (१९ overs)
win
VS
पाकिस्तान पाकिस्तान
११३/७ (२० overs)
नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम, न्यूयोर्क
समूह चरण
भारत ६ रनले विजयी
पाकिस्तान पाकिस्तान
१०७/३ (१७.३ overs)
win
VS
क्यानडा क्यानडा
१०६/७ (२० overs)
नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम, न्यूयोर्क
समूह चरण
पाकिस्तान ७ विकेटले विजयी
पाकिस्तान पाकिस्तान
१११/७ (१८.५ overs)
win
VS
आयरल्याण्ड आयरल्याण्ड
१०६/९ (२० overs)
सेन्ट्रल ब्रोवार्ड पार्क एन्ड ब्रोवार्ड काउन्टी स्टेडियम, फ्लोरिडा
समूह चरण
पाकिस्तान ३ विकेटले विजयी