सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्ड 

इङ्ल्यान्डले पनि च्याम्पियन्स ट्रफीमा पहिलो संस्करणदेखि नै लगातार रुपमा सहभागिता जनाउँदै आएको छ । त्यसैले च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डको यो नवौँ सहभागिता हो । च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्ड सबैभन्दा अभागी टोली पनि हो । 

पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आए पनि इङ्ल्यान्डले हालसम्म उपाधिको स्वाद भने चाख्न पाएको छैन । यसबिचमा इङ्ल्यान्डले तीनपटक च्याम्पियन्स ट्रफीको सफल आयोजना गरिसकेको छ । तर, जतिसुकै प्रयास गरे पनि फाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।

इङ्ल्यान्डले सबैभन्दा पहिले सन् २००४ मा च्याम्पियन्स ट्रफी आयोजना गरेको थियो । च्याम्पियन्स ट्रफीको यो चौथो संस्करण थियो । त्यतिबेला इङ्ल्यान्ड प्रतियोगिताको फाइनलमा पनि पुगेको थियो । तर, फाइनलमा वेस्ट इन्डिजसँग दुई विकेटले पराजित भएपछि इङ्ल्यान्ड उपाधिबाट विमुख भयो ।

त्यसपछि इङ्ल्यान्डले सन् २०१३ मा वेल्ससँग मिलेर फेरि च्याम्पियन्स ट्रफीको आयोजना गरेको थियो । त्यतिबेला पनि इङ्ल्यान्ड प्रतियोगिताको फाइनलसम्म पुग्न सफल भएको थियो । तर, यसपटक पनि इङ्ल्यान्ड घरेलु मैदानमा उपाधिबाट विमुख हुन पुग्यो ।

प्रतियोगिताको सातौँ संस्करणको फाइनलमा इङ्ल्यान्डको टोली भारतसँग केवल पाँच रनले पराजित भएको थियो । त्यसपछि च्याम्पियन्स ट्रफीको आठौँ संस्करण पनि इङ्ल्यान्ड र वेल्सले नै संयुक्त रुपमा आयोजना गरेका थिए ।

यसपटक पनि इङ्ल्यान्ड उपाधिसम्म पुग्न सकेन । च्याम्पियन्स ट्रफीको यो संस्करणमा इङ्ल्यान्डको टोली सेमिफाइनलमै पराजित भएको थियो । सेमिफाइनलमा इङ्ल्यान्डलाई आठ विकेटले हराउँदै पाकिस्तान फाइनलमा पुगेको थियो । 

० इङ्ल्यान्डको सहभागिता : सन् १९९८, सन् २०००, सन् २००२, सन् २००४, सन् २००६, सन् २००९, सन् २०१३, सन् २०१७ र सन् २०२५ । 

० सबैभन्दा ठुलो उपलब्धि : सन् २००४ मा सम्पन्न चौथो संस्करण र सन् २०१३ मा सम्पन्न सातौँ संस्करणको सेमिफाइनल । 

टी-२० विश्वकप

क्रिकेटको जननी राष्ट्र इङ्ल्यान्डले यसअघि टी–२० विश्वकपको आठवटा संस्करण खेलिसकेको छ । टी–२० विश्वकपको नवौँ संस्करण इङ्ल्यान्डका लागि नवौँ सहभागिता हुनेछ । इङ्ल्यान्डले हालसम्म दुईपटक टी–२० विश्वकपको उपाधि जितिसकेको छ ।

इङ्ल्यान्ड दुईपटक टी–२० विश्वकपको उपाधि जित्ने दोस्रो राष्ट्र हो । इङ्ल्यान्डभन्दा अगाडि वेस्ट इन्डिजले दुईपटक टी–२० विश्वकपको उपाधि चुमेको थियो । इङ्ल्यान्डले सन् २०१० मा पहिलो पटक उपाधि जितेको थियो । त्यतिबेला इङ्ल्यान्डले फाइनलमा अस्ट्रेलियालाई सात विकेटले हराएको थियो ।

यसैगरी इङ्ल्यान्डले सन् २०२२ मा दोस्रो पटक उपाधि हात पारेको थियो । त्यतिबेला इङ्ल्यान्डले फाइनलमा पाकिस्तानलाई पाँच विकेटले हराएको थियो । यसदेखि बाहेक सन् २०१६ मा सम्पन्न छैटौँ विश्वकपमा पनि इङ्ल्यान्ड फाइनलसम्म पुगेको थियो । तर, त्यतिबेला फाइनलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई चार विकेटले हराएको थियो । 

टी–२० विश्वकपमा इङ्ल्यान्डले हालसम्म ४४ खेल खेलेको छ । इङ्ल्यान्ड त्यसमध्ये २४ खेलमा विजयी र १९ खेलमा पराजित भएको छ । इङ्ल्यान्डको एक खेल भने अनिर्णीत रूपमा सकिएको थियो । इङ्ल्यान्ड टी–२० विश्वकपको साबिक विजेता हो । 

टी–२० विश्वकप सहभागिता :पहिलो संस्करण सन् २००७, दोस्रो संस्करण सन् २००९, तेस्रो संस्करण सन् २०१०, चौथो संस्करण सन् २०१२, पाँचौँ संस्करण सन् २०१४, छैटौँ संस्करण सन् २०१६, सातौँ संस्करण सन् २०२१, आठौँ संस्करण सन् २०२२ र नवौँ संस्करण सन् २०२४ 

इङ्ल्यान्डको टोली :जस बट्लर (कप्तान), जोनी बेयरस्टो, ह्यारी ब्रुक, बेन डकेट, फिल साल्ट, मोइन अली, साम करन, विल ज्याक्स, लियाम लिभिङस्टोन, जोफ्रा आर्चर, टम हर्टली, क्रिस जोर्डन, अदिल रसिद, रिसे टप्ली र मार्क उड । 

खेल तालिका

इंग्ल्याण्ड इंग्ल्याण्ड
VS
स्कटल्याण्ड स्कटल्याण्ड
९०/० (१० overs)
केन्सिङ्टन ओभल स्टेडियम, बार्बाडोस
समूह चरण
खेलमा कुनै नतिजा आएन
अस्ट्रेलिया अस्ट्रेलिया
२०१/७ (२० overs)
win
VS
इंग्ल्याण्ड इंग्ल्याण्ड
१६५/६ (२० overs)
केन्सिङ्टन ओभल स्टेडियम, बार्बाडोस
समूह चरण
अस्ट्रेलिया ३६ रनले विजयी
इंग्ल्याण्ड इंग्ल्याण्ड
५०/२ (३.१ overs)
win
VS
ओमान ओमान
४७/१० (१३.२ overs)
सर भिभियन रिचर्डस स्टेडियम, एन्टिगुआ एन्ड बर्बुडा
समूह चरण
इंग्ल्याण्ड ८ विकेटले विजयी
नामिबिया नामिबिया
८४/३ (१० overs)
VS
इंग्ल्याण्ड इंग्ल्याण्ड
१२२/५ (१० overs)
win
सर भिभियन रिचर्डस स्टेडियम, एन्टिगुआ एन्ड बर्बुडा
समूह चरण
इंग्ल्याण्ड ४१ रनले विजयी (डीएलएस)
इंग्ल्याण्ड इंग्ल्याण्ड
१८१/२ (१७.३ overs)
win
VS
वेस्ट इन्डिज वेस्ट इन्डिज
१८०/४ (२० overs)
ड्यारेन सामी क्रिकेट स्टेडियम, सेन्ट लुसिया
सुपर ८
इंग्ल्याण्ड ८ विकेटले विजयी
इंग्ल्याण्ड इंग्ल्याण्ड
१५६/६ (२० overs)
VS
दक्षिण अफ्रिका दक्षिण अफ्रिका
१६३/६ (२० overs)
win
ड्यारेन सामी क्रिकेट स्टेडियम, सेन्ट लुसिया
सुपर ८
दक्षिण अफ्रिका ७ रनले विजयी
अमेरिका अमेरिका
११५/१० (१८.५ overs)
VS
इंग्ल्याण्ड इंग्ल्याण्ड
११७/० (९.४ overs)
win
केन्सिङ्टन ओभल स्टेडियम, बार्बाडोस
सुपर ८
इंग्ल्याण्ड १० विकेटले विजयी
भारत भारत
१७१/७ (२० overs)
win
VS
इंग्ल्याण्ड इंग्ल्याण्ड
१०३/१० (१६.४ overs)
प्रोभिडेन्स स्टेडियम, गुयना
सेमिफाइनल
भारत ६८ रनले विजयी